|

सल्यान : जिल्लामा जेलबाट भागेर फरार भएका एक व्यक्ति १८ वर्षपछि पक्राउ परेका छन्। जिल्लाको बन्गाड कुपिन्डे नगरपालिका ९ स्वाराका वर्ष ३६ का एकेन्द्रबहादुर खड्कालाई जिल्ला प्रहरी कार्यालय सल्यानले पक्राउ गरेको हो।

भारतको सिम्लामा विहे गरी बसी लुकिछिपि नेपाल आउने जाने गरेकोमा जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको विशेष टोलीले सोमबार गाउँबाटै पक्राउ गरेको प्रहरी प्रमुख विरेन्द्रबहादुर शाहीले जानकारी दिए। २०२७ साल चैत्र २३ गते सल्यान कारागारबाट फलामको ड्रम प्रयोग गरी पर्खाल नाँघी उनी फरार भएका थिए।

२०५६ सालमा आफ्नै आमालाई खुकुरी प्रहारगरी हत्या गरेका खड्कालाई जिल्ला अदालत सल्यानले २० वर्ष ४ महिनाको कैद फैसला सुनाएको थियो। पक्राउ परेका खड्कालाई जिल्ला अदालत हाजिर गराई भुक्तान हुन बाँकी कैद र कैदी भागेको मुद्यामा थप दुई वर्ष गरी २० वर्ष ४ महिनाका लागि जिल्ला कारागार सल्यानमा पठाइएको प्रहरीले जानकारी दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.