|

दमक, झापा : हाँस्यकलाकार मनोज गजुरेलको मुख्य अभिनय रहेको पहिलो चलचित्र सय कडा दशको प्रमोशनका लागि चलचित्रकर्मीको टोली दमक आइपुगेको छ। टोलीले दमकमा आयोजना गरेको पत्रकार भेटघाटमा गजुरेलले भ्रष्टाचार विरुद्धको अभियानका रुपमा सो चलचित्रमा आफूले अभिनय गरेको गजुरेलले बताए।

लामो समय आफूले राजनीतिक तथा सामाजिक विषय वस्तुको क्षेत्रमा व्यङ्ग्य गरेर विताएको र चलचित्रमा पनि मिल्दो अवसर पाएकाले काम गरेको उनको भनाई छ।चलचित्र भ्रष्टाचार विरुद्धको सामाजिक अभियानका रुपमा रहेको चलचित्रका निर्देशक रामशरण पाठकले बताए। चलचित्र पूर्ण पारिवारिक वातावरणमा हेर्न सकिने रहेको पनि उनको दावी छ।

चलचित्रमा अधिकांश झापा घर भई अन्यत्र कर्मथलो बनाएका कलाकारको अभिनय रहेका कारण पनि झापाली दर्शकले सो चलचित्रलाई माया गर्ने विश्वास व्यक्त गरे। चलचत्रिका नायक अमृत ढुंगानाले चलचित्र सयकडा दशले भ्रष्टाचारलाई प्रेमको शक्तिले निर्मुल गर्न सक्ने उदाहरण पस्केको तर्क गरे। सो चलचित्र यही माघ १८ गतेदेखि देशभरका चलचित्र हलहरूमा एकसाथ प्रदर्शनमा आउने पत्रकार भेटघाटमा जनाइयो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.