|

सल्यान : पूर्व सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले शहीद दिवस औपचारिकतामा मात्र सीमित हुनु दुःखद भएको बताएका छन्। देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याई पुर्‍याउन बलिदान गर्ने महान शहीदहरुप्रतिको सम्मान औपचारिकतामा समिति गर्नु दुःखद भएको बताएका छन्।

शहीद दिवसको अवसरमा शारदा नगरपालिकाले आयोजना गरेको शहीद दिवस कार्यक्रममा बोल्दै पूर्वमन्त्री बस्नेतले शहीदहरुको मार्ग दर्शनलाई पछ्याउँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु अहिलेको चुनौती रहेको बताए। उनले भने, ‘निरंकुश जाहानियाँ राणा शासन् फाल्न आफ्नो जीवन उत्सर्ग गर्ने महान शहीदहरुले सम्मान गर्न अहिले कन्जुस्याइँ भई रहेको छ। महान् शहीदहरुकै त्याग तपस्या र बलिदानबाट नै देश संघीयतामा गएकाले उहाँहरुको पदचापलाई सधै पछ्याई रहन आवश्यक छ।’

संघीयताको रक्षाको लागि पनि शहीदहरुले देखाएको बाटोलाई आत्मसाथ गर्न आवश्यक रहेको बताए। 'जुन खालको त्याग तपस्या र बलिदान शहीदले गरे त्यसबाट उत्पन्न सहज परिस्थितिमा तिनै शहीदहरुलाई औपचारिकता निभाउने गरी कार्यक्रम भइरहेका छन् त्यो दुखद कुरा हो' उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.