|
Photo : diytrade.com

रमेश रावल

कालिकोट : सरकारले कालिकोटका किसानलाई अनुदानमा वितरण गरेको हाते ट्याक्टरमा इन्धनको समस्या देखिएको छ। जिल्लामा इन्धनको सहज पहुँच नहुदाँ ट्याक्टरमा इन्धनको समस्या भएको हो। 

कृषि ब्यवसायलाई सहज बनाउनका लागि सरकारले जिल्ला कृषि विकास कार्यालय मार्फत २० वटा हाते ट्याक्टर (पावर टेलर) वितरण गरेको थियो। जमिनमा जोत्न प्रभावकारी यान्त्रिक मेसिनको रुपमा लिइएको पावर टेलर मेसिन अनुदानमा उपलब्ध भएपनि जिल्लामा पर्याप्त पेट्रोल नपाईएका कारण संचालनमा समस्या आएको स्थानीय किसान नन्दलाल न्यौपानेले गुनासो गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.