|
File Photo

रुकुम : रुकुम पश्चिम सानीभेरी गाउँपालिका ३ ज्यामिरे बस्ने ४८ वर्षीया सुनिता बुढा मृत फेला परेकी छिन्। आफ्नै घरदेखि १०० मिटर टाढा पाखो जमिनमा सडक नजिकै मृत अवस्थामा फेला परेको भन्ने जानकारी प्राप्त भएअनुसार जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली घटनास्थलमा गएको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उक्त महिलाले अत्याधिक मात्रामा मादक पदार्थ सेवन गर्दै हिँड्ने गरेको भन्ने घर परिवार र स्थानीय व्यक्तिहरूबाट बुझिन आएकोले मदिरा सेवनकै कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख सुमित खड्काका अनुसार सो घटना सम्बन्धमा अनुसन्धान कार्य भइरहेको छ। मृतकको श्रीमान् भीम बहादुर बुढा र छोरा रोजगारको शिलशिलामा भारतमा रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.