|

मुगु : सवारी साधन दुर्घटनाका विभिन्न कारण मध्ये चालकको आँखाको कमजोरी पनि एक भएको भन्दै बिहीबार मुगु जिल्लामा चालकको आँखा जाँच गरिएको छ। मुगु जिल्लास्थित अस्थायी ट्राफिक कार्यालयको आयोजनामा जिल्लामा रहेका सवारी साधन चलाउने चालकको आँखा अस्पाताल गमगढीमा आँखा जाँच गरिएको हो।

हिमाली जिल्लामा कठिन भुगोल र कच्ची सडक भएकाले यहाँका सडकहरूमा गाडी चलाउँदा चालकको आँखाको दृष्टि कमजोरीका कारण भविष्यमा कुनै दुर्घटना नहोस र जिल्लाले कुनै पनि मानविय तथा भौतिक क्षति व्याेहोेर्नु नपरोस् भनेर चालकको आँखा जाच गराएको अस्थायी ट्राफिक कार्यालय गमगढीका प्रहरी नायव  निरीक्षक कलकबहादुर शाहीले बताए। १४ जना सवारी चालकहरूको आँखा जाँच गराएकोमा २ जनाकोमा मात्र सामान्य आँखा कमजोर देखिएर चस्मा प्रयोग गर्नु पर्ने र १ जनाको आँखामा मासु पलाएको भेटिएको आँखा अस्पताल मुगुका नेत्रज्योति सहायक प्रमुख धुव्र बुढथापा बताए।

सानो सानो कुरामा पनि हामीले ध्यान नदिदा ठूलो दुर्घटना हुने भएकोले ट्राफिक कार्यालयले आँखा कार्यक्रम राखेकोमा खुशी लागेको र आँखा मात्र नभएर भविष्यमा चालक र कर्मचारीको स्वास्थ्य जाँच गराउने व्यवस्था मिलाउनु पर्ने र यसो भएमा सवारी साधन दुर्घटनामा कमी आउनुका साथै यात्रुको सुरक्षित यात्रा हुने चालक गणेश खत्री बताए।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.