|

बाँके : नेपालमा पहिलो पटक बरमुडा जातको दुबो नेपालगंज रंगशालामा रोप्न सुरु भएको छ।

आठौँ राष्ट्रिय प्रतियोगिताका लागि निर्माण भइरहेको फुटवल मैदानमा भारतको कोलकाताबाट ल्याएको बरमुडा जातको दुवो रोपिएको हो। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट मैदानमा आफै खटिएर दुवो रोपेर उद्घाटन गरे। विष्ट दुई दिनदेखि नेपालगन्ज रंगशालामा निर्माणको रेखदेख गरिरहेका छन्।

अन्तर्राष्ट्रिय मापदण्डमा निर्माण भइरहेको उक्त फुटवल मैदानमा माघ अन्तिमसम्म दुवो रोपेर सकिने प्रादेशिक खेलकुद परिषद, प्रदेश  ५ का अध्यक्ष भीम ओलीले जानकारी दिए। खेल मैदानको सात हजार पाँचसय फिटमा दुवो रोपिने बताउँदै उनले दुवो रोपेको एक महिनामा फुटवल खेल्न मिल्ने बताए। मैदानमा दुवो रोप्न थालेपछि खेलसँग सम्बन्धित कर्मचारी, पदाधिकारी, खेलाडी, खेलप्रेमी र सर्वसाधारणमा उत्साह बढेको छ। कहिलै नदेखेको दुवो मैदानमा रोपेको देख्दा सर्वसाधारण अचम्मित भएका छन्।

‘मैदानमा कार्पेट विछ्याएको जस्तो गरी दुवो रोपेको पहिलो पटक देखेँ’ नेपालगन्ज उपमहानगरपालिका १३ बुलबुलियाका प्रभाकर भट्टराईले भने। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.