|

रुकुम :  रुकुम पश्चिमको विभिन्न खोला किनार तथा ओढारमा बस्दै आएका बादी परिवारहरूको चेतना तथा आर्थिक अवस्था माथि उठ्दै गएको छ। पहिले खोला किनार र ओढारमा जताततै बसेको देखिने बादी पछिल्लो समय सानोतिनो भए पनि घरब्यवहार र व्यवसायमा लागेर जीविकोपार्जन गर्न थालेका छन्।

यसअघि रुकुमको सानीभेरी नदी किनार र ओढार, चौरजहारी, छिबाङ र आठबिसकोटका बिभिन्न ठाउँमा बादी समय ओढारमा यसरी बस्दै आएका थिए। आफ्नो एक टुक्रा जग्गा र घर नहुँदा हिउँदको चिसो सिरेटोदेखि बर्षातको भेलसँग जुझ्दै उनीहरू जीविकोपार्जन गर्दै आएका थिए। बासको मात्र समस्या थिएन उनीहरूको लागि साँझ बिहानको छाँक टार्न पनि धौैधौं थियो। कहिले भोक भोकै त कहिले कहिले माछा मारेर स्थानीय बजारमा बेचेर दैनिकी गजार्दै आएका थिए। जसका कारण बालबालिका र बृद्धबृद्धा सबैभन्दा बढी प्रभावित हुने गरेका थिए। 

रुकुमको बाढी समस्याको विषयमा रुकुमका स्थानीय तथा संचारमाध्यममा बारम्बार रिपोटिङ भए पनि यी दुखदायी दिन काटिरहेका समुदायको लागि ठूलै राहत भएको छ। बादी समुदायको समस्या उजागर भएर पनि सरकारी तथा गैरसरकारी निकायहरूले बिभिन्न कार्यक्रम संचालन गरेर उनीहरूको दैनिकीलाई सहज बनाउन पहल गरेका हुन्। 

रुकुमको आठबिसकोट नगरपालिका ९ राडी लगायतका चौरहाजरी र छिबाङ लगायतका ठाउँहरूमा बादीको लागि घर निर्माण र कृषिसहितका सानातिना व्यवसायमा आवद्ध बनाएपछि उनीहरूको मुहासमा खुसी छाएको छ भने पहिलेको भन्दा धेरै माथि उठेको उनीहरूले महसुस गरेका छन्। रुकुम आठबिसकोटकी तारा बाढीले ओढारमा बस्दै आइरहेका आफूहरूको लागि भवन निर्माण गरेर बस्न दिदा निकै खुसी भएको बताउँछिन्। 

‘घरमा बस्न पाउदा हामीलाई माथिल्लोस्तरमा पुगेको जस्तो महसुस भएको छ’ बादीले भनिन, ‘आवश्यकता त बढ्दै जाने रैछन्। बस्नेको लागि चिन्ता त भएर अब घरगृहस्थी गरेर खानलाई आवश्यक जग्गा जमिन दिएपछि निकै खुसी हुने थियौं।’ बादीले हाल भाडामा लिएर तरकारी खेती गर्दै आएका छन भने सानोतिनो ब्यवसाय गरेर पनि जीवन गुजार्दै आएका छन्। 

रुकुम चौरजहारी नपारपालिका, मुसीकोट नगरपालिका, बाँफिकोट गाउँपालिकाको पिपल, आठबिसकोट नगरपालिकाको आठबिसकोट र गोतामकोट सहितका बिभिन्न ठाउँमा घरबारविहीन बादी समुदायको भवन निर्माणको काम केही वर्ष अघि नै थालिएको थियो। जनता आवास कार्यक्रमअन्तर्गत भवन डिभिजन कार्यालय रोल्पा, साइड कार्यालय रुकुमले  जिल्लामा १०० बढी आवास भवन निर्माणका लागि छनोट गरेको थियो। जसअनुसार आठबिसकोट नगरपालिकामा १५ वटासहित अन्य ठाउँमा पनि निर्माण सम्पन्न गरेर हस्तान्तरण समेत भइरहेको छ। तर निर्माण काम थालिएको लामो समय सम्म पनि प्रभावकारी र तीब्रताको साथ काम हुन सकेको छैन।

भवन सगै अन्य आवश्यक पूर्वाधार निर्माण गरिएका छैनन्। रुकुम पश्चिमको आठबिसकोटमा भवनहरू निर्माण भएर हस्तान्तरण भए पनि शौचालय सहितका अन्य पूर्वाधार अहिले पनि निर्माण भएका छैनन्। तर ओढारमा बस्दै आएका बादी समयका लागि घरमा बस्न पाउँदा दंग छन्। त्यस्तै गैरसरकारी निकायबाट चेतना बढाउन र ब्यवसाय लाग्न प्रेरणा दिन सानोतिनो तरकारी सहितका कृषि खेतीका लागि सहयोग गरिरहेका छन्। 

जिल्लाका बिभिन्न संस्थाले बिभिन्न रुपमा तरकारी खेती, ब्यवसायिक मादल बनाउने तालिम र बादी बालबालिकाको शिक्षा स्वास्थ्यमा पनि सहयोग गर्दै आएका छन्। नेपाल जनजागरण मञ्च रुकुमले ब्यवसायिक मादल बनाउनका लागि बादी बस्तीमा सहयोग गरेको संस्थाका ब्यवस्थापक टेकबहादुर कुसारीले जानकारी दिए।उनका अनुसार युएमएन रुकुमको सहयोगमा करेसाबारी र मादल बनाउनका लागि तालिम तथा प्रविधि प्रदान गरेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.