|

मुगु : मुगुको छायानाथ रारा नगरपालिका १३ लुम नेटा गाउँमा  आगलागीबाट पीडित भएकाहरूलाई राहत उपलब्ध गराइएको छ। छायानाथ रारा नगरपालिकाले तत्काल उनीहरूको जीवनरक्षका लागि भन्दै आगलागी पीडित मानसिहं कामी र आंशिक क्षेति भएका दन्त लाल कामीका परिवारलाई नगद तथा जिन्सी गरी २ लाखसम्मको राहत उपलब्ध गराएको हो।

सामानसहित नगर प्रमुख हरिजंग शाहीले लुम गाउँ पुगेर पीडित परिवारलाई राहात हस्तान्तरण गरेका थिए। तत्कालका लागि छायाँनाथ रारा नगरपालीकाले पूर्णरूपमा क्षति भएका मानसिंह कामीका परिवारलाई नगद २० हजारसहित सबै परिवारलाई लगाउने लुगा र ओड्ने बिछ्याउने कपडासहित ५ प्याक चामल उपलब्ध गराइएको हो। यस्तै, आंशिक क्षति भएका दन्तलाल कामीका परिवारलाई ७ हजार नगद र चामल पाललगायतका समान उपलब्ध गराइएको छायानाथ रारा नगरपालिका नगरप्रमुख शाहीले बताए।

पीडित परिवारलाई रेडक्रसको मुगुको पनि सहयोग

यसैबीच आगलागी पीडित परिवारलाई नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय मुगुले पनि सहयोग गरेको छ। राहतस्वरूप रेडक्रसले पीडित परिवारलाई पाल, कम्बल, बाल्टीलगायत तत्काल आवश्यक पर्ने सामग्रीहरू वितरण गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.