|

कपिलवस्तु : नेविसंघ कपिलवस्तुले सरकारको चर्को आलोचना गर्दै प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको छ। संघका कार्यकर्ताले सदरमुकाम तौलिहवाको प्रशासन चोकमा साँझ प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन्।

दुई तिहाईको दम्भ देखाउँदै वर्तमान सरकारले विपक्षी पार्टीहरूलाई पाखा लगाउदै मनोमानी ढंगले काम गरेको भन्दै उनीहरूले विरोध प्रदर्शनसमेत गरेका थिए। सो क्रममा प्रधानमन्त्री ओली र सरकारविरुद्ध चर्का नाराबाजीसमेत गरिएको थियो।

विरोध प्रदर्शनकै बीचमा प्रहरीले नेविसंघका सहमहामन्त्री प्रकाश घिमिरेसहित ८ जनालाई पक्राउ गरेको छ। संघका जिल्ला सभापति राकेश पाण्डेय, परमेश्वर पाठक, सचिव राजु खराल, धिरेन्द्र पाण्डेय, राजेश उपाध्यायलाई प्रहरीले नियन्त्रणमा लिएको संघका उपाध्याक्ष अनिल क्षेत्रीले बताए। पुत्ला दहनबारे सूचना आएपछि तौलिहवाको नयाँटोल, गौढीचौक, प्रशासन चोकमा ब्यापक प्रहरी परिचानल गरिएको थियो।

ओली सरकारले दुई तिहाईको नाममा जनविरोधी काम गरेको, डाक्टर गोविन्द केसीसँग गरिएको सम्झौताविपरीत स्वास्थ्य विधेयक पारित गरिएको, निर्मला पन्तको हत्यारालाई हालसम्म पक्राउ गर्न नसेकेको वर्तमान सरकार पूर्णतया असफल भएको संघका सहमहामन्त्री घिमिरेले बताए। यसैबीच, संघले पक्राउ गरिएका आठै  तत्कालै रिहाइको माग गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.