|
File Photo

सल्यान : सल्यानमा भ्रष्टाचार मुद्दाका फरार अभियुक्त १८ वर्षपछि पक्राउ परेका छन्। जिल्ला शारदा नगरपालिका १ पटनेरी निवासी केशवबहादुर खड्कालाई १८ वर्षपछि प्रहरीले पक्राउ गरेको हो।

दाङको तुलसीपुरमा लुकिछिपि बसिरहेको अवस्थामा बिहीबार पक्राउ गरेको  प्रहरीले बताएको छ। जिल्ला अदालत सल्यानले २०५७ फागुन २६ गते भ्रष्टाचार गरेको फैसलासहित पचास हजार नौ सय छ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। खड्कालाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत बुझाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.