|

रुकुम : रुकुम पश्चिम चौरजहारी नगरपालिकाका सबै माध्यमिक विद्यालयहरू इन्टरनेटको पहुँचमा जोडिएका छन्। प्रविधि मैत्री शिक्षा लागू गर्नको लागि विद्यालयमा इन्टरनेट जोडिएको हो। नगरपालिकाका ११ वटै माध्यमिक विद्यालयमा वल्ड लिंकको इन्टरनेट जोडिएको बताइएको छ। अहिले माध्यमिक विद्यालयमा इन्टरनेट जोडिएको छ।

‘अब नगरपालिकाका सबै विद्यालयमा इन्टरनेट जोड्ने योजना बनाएको छौँ’ नगर शिक्षा शाखा प्रमुख धनन्जय आचार्यले भने, ‘इन्टरनेट जडानले शिक्षण शिकाईमा सहज हुनेछ । आगामि आर्थिक वर्षसम्म ८ कक्षासम्मका विद्यालयमा इन्टरनेट जोड्छौँ त्यसपछि सबै तहका विद्यालयमा इन्टरनेट जोडिनेछ त्यसकै पूर्वाधार तयारी गर्दैछौं।’ 

इन्टरनेट जडान पछि प्रविधिमैत्री शिक्षा लागू भई विद्यार्थीलाई शिक्षण सिकाईमा सजिलो भएको छ। जसले गर्दा विद्यार्थीमा नयाँ कुरा खोज गर्नमा उत्सुकता पैदा गरिदिएको छ। विद्यार्थीमा प्रविधिमैत्री शिक्षा सिकाइमा चासो बढ्दो भए पनि विद्यालयमा आवश्यक भौतिक पूर्वाधार नहुँदा कतिपय समयमा भने समस्या हुने गरेको पनि उनको भनाइ छ। उता जनकल्याण माध्यमिक विद्यालय सानाखोलाका शिक्षक खडक रोकाले भने विद्यालयमा वल्ड लिंकको इन्टरनेट जोडिए पनि प्रविधिमैत्री शिक्षण सिकाइको लागि सहयोग पुग्न नसकेको बताए। बेला बेला देखिने समस्याले प्रभावकारी हुन नसकेको उनको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.