|

रुकुम : नेपाली कांग्रेस रुकुम पूर्वका नेता तथा पूर्वसहायक मन्त्री केशरमान रोकासहित ४ जनामाथि कुटपिट भएको छ। रोकासहित नेकपाका नेता सतमान पुन मगर, पुुनिराज घर्ती मगर र नेपाली कांग्रेसका नेता ध्रुवकुमार पुन मगरमाथि रुकुमकोटका आन्दोलनकारीले कुटपिट गरेका हुन्।

गोलखाडा सदरमुकाम स्थापनार्थ सरोकार समितिको पत्रकार सम्मेलन सकेर उनीहरू रुकुम पश्चिमबाट रुकुम पूर्व गइरहेका थिए। रुकुमकोट प्रवेश गर्नु अगावै रानीकोटमा आफूहरूमाथि रुकुमकोटबासीले कुटपिट गरेको रोकाले बताए। उनका अनुसार आफूहरू चढेको गाडीमा शुरुमा टाढाबाट ढुंगा हानेर गाडी रोकेको र पछि त्यही आएर एक्कासी कुटपिट गरिएको हो। घटनापछि प्रहरीको सहयोगमा प्रमुख जिल्ला अधिकारीको कार्य कक्षमा पुगेको उनीहरूको भनाई छ।

गोलखाडामा सदरमुकाम स्थापनार्थ उनीहरू आन्दोलनमा सक्रिय छन्। यहि २२ गते रुकुमकोटमा शान्तिपूर्ण प्रदर्शन समेत गर्ने उनीहरूले घोषणा गरेका छन्। त्यस्तै रुकुमकोटलाई नै सदरमुकाम बनाउनुपर्छ भन्दै स्थानीयहरु पनि लामो समयदेखि आन्दोलनमा छन्। नयाँ जिल्ला बनेको रुकुम पूर्वको सदरमुकम शुरुमा रुकुमकोटमा तोकेपनि फेरी पछि सरकारले कोलको गोलखाडामा तोकेको थियो। 

उक्त निर्णयपछि रुकुमकोट सदरमुकाम हुनुपर्ने पक्षधरताले सरकारको निर्णय खारेजबिरुद्ध सर्बोच्चमा रिट हालेका थिए। उक्त रिट पछि तत्काल सदरमुकाम रुकुमकोट नै राख्न आदेश दिएपनि अन्तिम फैसला भने अहिले सम्म भएको छैन। एक वर्ष बढी हुँदासम्म सर्बोच्चले कुनै फैसला नगर्दा बिचाराधीन अवस्थामा छ। जसले गर्दा सदरमुकाम पक्षधरले पक्ष विपक्षमा आन्दोलन गर्दै आएका छन् भने समग्र जिल्लाको जनजीवन पनि प्रभावित बन्दै आएको छ।

जिल्लाको अवस्थामा सामान्य रहेको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए। सदरमुकामको पक्ष र विपक्षमा भइरहेका आन्दोलनलाई शान्तिपूर्ण बनाउन बिभिन्न प्रकारका छलफलमा जुटेको उनको भनाई छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.