प्रधानमन्त्री सचिवालयको सुरक्षाको लागि साढे दुई करोड

|

काठमाडौं : पुँजीगत खर्च गर्न निकै कमजोर देखिएको सरकारले रकम रकमान्तर गरी ठूलो मात्रामा रकम खर्च गरेको छ। भौतिक सुविधा शीर्षकमा मात्रै तीन महिनाको अवधिमा सरकारले दुई अर्ब १२ करोड रुपैयाँ रकम निकासा गरेको छ।

कुनै पनि कार्यक्रममा बजेटमा कम रकम विनियोजन गरियो र धेरै रकम लाग्ने अवस्था भएमा वा अन्य क्षेत्रमा बजेट आवश्‍यकता पर्दा रकमान्तर गरिन्छ। त्यस्तो रकम विनियोजन गरिएको अन्य कार्यक्रमबाट कटौती गर्ने हो। अर्थ मन्त्रालयका अनुसार मंसिरसम्ममा दुई अर्ब १२ करोड ७६ लाख २४ हजार रुपैयाँ भौतिक सुविधा शीर्षकमा रकमान्तर गरिएको छ। भौतिक सुविधा शीर्षकमा कात्तिक र मंसिर महिनामा मात्रै यो रकम रकमान्तर गरी निकासा गरिएको छ।

निकासा गरिएको रकम प्रधानमन्त्री कार्यालयको सुरक्षा सामग्री किन्नदेखि रणनीतिक सडक सुधार कार्यक्रमसम्ममा प्रयोग गरिएको अर्थ मन्त्रालयले उल्लेख गरेको छ।

भौतिक सुविधा शीर्षकमा कहाँ कति रकम?

  • सार्वजनिक खर्च पुनारावलोकन आयोगको लागि भौतिक सुविधा शीर्षकमा आठ लाख १८ हजार रकम रकमान्तर गरी निकासा गरिएको छ।
  • राष्ट्रिय महिला आयोगका पदाधिकारी तथा सचिवको लागि ६ वटा गाडी खरिद गर्न तीन करोड रुपैयाँ रकमान्तर गरी निकासा गरिएको छ।
  • ऊर्जा मन्त्रालयसँगै रहेको  युवा तथा खेलकुद मन्त्रालयमा मन्त्रालय सार्ने क्रममा लागेको खर्च १० लाख ५४ हजार रुपैयाँ रकमान्तर गरी निकासा गरिएको छ।
  • प्रधानमन्त्री कार्यालयको सचिवालयको सुरक्षार्थ सामग्री खरीद गर्नको लागि विशेष भवन निर्माण तथा सम्भार डिभिजन कार्यालयको नाममा दुई करोड २४ लाख २५ हजार रुपैयाँ रकमान्तर गरी निकास गरिएको छ।
  • ऋण असुली न्यायाधीकरणको सोलार सिस्टमको नयाँ ब्‍याट्री फेर्न १० लाख ५४ हजार रकमान्तर गरी निकासा गरिएको छ।
  • रणनीतिक सडक पुनर्स्थपना तथा सुधार अन्तर्गत भौतिक सुविधा शीर्षकमा नै दुई अर्ब सात करोड रुपैयाँ रकमान्तर गरी निकासा गरिएको छ।
  • ऊर्जा मन्त्रालयसँगै रहेको युवा तथा खेलकुद मन्त्रालयमा मन्त्रालय सार्ने क्रममा १५ लाख ५० हजार खर्च लागेकोले रकमान्तर गरी निकासा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.