|

काठमाडौं : सुन्धारास्थित काठमाडौं मलका व्यापारीलाई धम्काएर जबर्जस्ती रकम असुली गरेको अभियोगमा राजु गोर्खाली पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले आइतबार गार्खालीलाई नयाँ बानेश्वर चोकबाट पक्राउ गरेको हो।

कर्मचारी सञ्चय कोषको स्वामित्वमा रहेको काठमाडौं मल गोर्खालीको समूहले गत वर्षदेखि भाडामा लिएर अन्य व्यापारीलाई भाडामा दिने र व्यापारीसँग चर्को रकम असुल्दै आएका थिए। पैसा नदिए गुण्डागर्दी शैलीमा पसलमै ताला लगाउन थालेपछि व्यापारीको उजुरीको आधारमा गोर्खालीलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले जानकारी दिए।

प्रहरीले गोर्खालीलाई संगठित अपराध मुद्दामा अनुसन्धान भइरहेको जनाएको छ। गोर्खालीका समूहका अन्य समिन उद्दिन, प्रकाश थापा, निलन घिमिरे र शिव खड्का लगायतलाई प्रतिवादी बनाएको प्रहरीले जनाएको छ।

राजु गार्खालीले २०५८ सालमा दरबारमार्गस्थित रोयल क्यासिनोमा झगडा हुँदा राकेश लिम्बूको घाँटी रेटी हत्या गरेपछि चर्चामा आएका थिए। उनी ज्यान मुद्दामा १० वर्ष जेल बसेर ०६८ सालमा निस्किएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.