|

पर्वत : बिरामी भएर उपचार गर्न नसकेको अवस्थामा सामान्यतया आर्थिक दान हुने गरेको छ। कतिपयले आफ्नो मृत्युपछि शरीरका अंग दान गर्न तयार हुन्छन्। तर, म्याग्दीका चन्द्रबहादुर केसीले भने बालिकालाई बचाउन आफ्नो कलेजो दान गरेका छन्। अन्नपूर्ण गाउँपालिका ७ हिस्तानकी ९ महिने बालिका सियाना रन्तिजाको जीवन बँचाउन समाजसेवी तथा परोपकारी संस्था ओमकुमारी शान्ति कोषका संस्थापक अध्यक्ष केसीले आफ्नो कलेजोको ३० प्रतिशत भाग दान गरेका हुन्।

शुक्रबार भारतको सर गंगालाल अस्पतालमा रन्तिजालाई केसीले दान गरेका हुन्। आफ्नै आमा रेश्मा र बुबा प्रदीपको कलेजो मेल नखाएको र आर्थिक अभावको कारण उनको उपचार अनिश्चित बनिरहेको बेलामा केसीले कानुनी पक्रिया पूरा गरेर  कलेजो दान गरेका हुन्। अहिले दुवै जनाको आइसियुमा उपचार भइरहेको छ। कलेजो दानसँगै केसीको चौतर्फी प्रशंसा भइरहेको छ।

सियानाको जीवन रक्षाको लागि प्रवासमा रहेका म्याग्देलीहरूको पहलमा ३० लाख आर्थिक संकलन भएको थियो। कलेजो प्रत्योरोपण अघि उपचारमा १२ लाख खर्च भइसकेको थियो भने अहिले प्रत्यारोपणको लागि मात्रै १७ लाख भन्दा बढी भारतीय रुपैयाँ खर्च भएको परिवारले जनाएको छ। जन्म भएको ४ महिनामै जटिल खालको स्वास्थ्य समस्या देखिएपछि सियानालाई पोखराको मणिपाल शिक्षण अस्पताल, काठमाडौंको त्रिवि शिक्षण अस्पताल हुँदै दिल्ली लगेपछि रोगको पहिचान भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.