बलात्कारपछि हत्या गर्ने दुर्व्यसनमा फसेका छिमेकी पक्राउ

|

विराटनगर : विराटनगर–८ बलवाइकी–१० वर्षीय गुडिया भनिने रुमति दासको दुर्व्यसनमा फसेका दुई छिमेकी युवाले बलात्कारपछि हत्या गरेको खुलेको छ। मोरङ प्रहरीको विशेष अनुसन्धान टोली र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको संयुक्त टोलीले हत्यामा संलग्न भएका २ जनालाई पक्राउ गरेपछि उक्त घटनाको रहस्य खुलेको हो।

एक साता लामो अनुसन्धानपछि आइतबार जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरि घटनामा संलग्न १९ वर्षीय चन्दु महतो र २५ वर्षीय भुट्टु भन्ने अब्बास अन्सारीलाई सार्वजनिक गरेको हो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी मनोजकुमार केसीका अनुसार पक्राउ परेका दुवै युवा रुमतिकै छिमेकी हुन्।

‘रुमतिलाई नियन्त्रणमा लिई मुख थुनेर आलोपालो उनीहरूले बलात्कार गरी घाँटी थिचेर हत्या गरेको स्वीकार गरेका छन्’ एसपी केसीले भने, ‘पक्राउ गरेका दुबै जना लागूऔषध दुर्व्यसनी रहेको देखिएको छ।’ घटना भएको दिन सीमावर्ती बजार जोगवनीमा गएर अब्बासले लागुऔषध ५ वटा नाइट्रोसन सेवन गरेको पाइएको प्रहरीले ज नाएको छ।

उनीहरूले लामो समयदेखि गाँजा, नाइट्रोसन, फेन्सिडललगायत लागुऔषध लिने गरेको प्रहरी अनुसन्धानले देखाएको छ। प्रहरीले घटनाको अनुसन्धानको क्रममा २४ जनासँग सोधपुछ गरेको थियो भने १७ जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो।

आइतबार आएको पोष्मार्टम रिपोर्टले रुमतिको बलत्कार र घाँटी थिचेर हत्या गराएको देखाएपछि प्रहरीले आफ्नो अनुसन्धान सफल भएको भन्दै अभियुक्तहरू सार्वजनिक गरेको हो। पक्राउ परेका दुवैलाई जवरजस्ती करणी गरी कर्तव्य ज्यान अपराध गरेको कसुरमा जिल्ला अदालत मोरङमा म्याद थप गरी अनुसन्धान गरिरहेको मोरङ प्रहरीले जनाएको छ।

यसरी भयो हत्या

प्रहरीका अनुसार लागुऔषध प्रयोगकर्ता अब्बास विवाहित हुन् भने चन्दु अविवाहित हुन्। अब्बासको श्रीमति तीन महिनादेखि माइतमा बस्दै आएकी थिइन्। अब्बासले तीव्र रुपम यौनइच्छा जागेपछि मिल्ने साथी चन्दुसँग रुमतिलाई यौन सम्पर्क गर्ने प्रस्ताव गरेका थिए।

आफ्नो प्रस्तावमा चन्दु सहमत भएपछि उनीहरू उपयुक्त मौकाको पर्खाइमा थिए। माघ १२ गते राति ८ बजे घर अगाडि रहेकी रुमतिको चन्दुले मुख बन्द गरे भने अब्बासले खुट्टा समाएर घरदेखि सय मिटर अगाडि चौरमा लगेका थिए। रातको समय भएकोले कसैले जानकारी पाएन। चन्दुले सुरुमा बालिकाको बलात्कार गरेपछि अब्बासले बलात्कार गर्ने प्रयास गरेको र त्यसबेला बालिका चिच्याएपछि मुख र घाँटी उनीहरूले थिचेका थिए। मुख र घाँटी थिचेर बलात्कारको शिकार भएकी बालिका अचेत भएपछि उनीहरूले पुनः घाँटी थिचेर हत्या गरी शव सिंघीया खोलामा फालेको अभियुक्तहरूले स्वीकार गरेको प्रहरीले जनाएको छ।

छिमेकी मोहम्मद नहिमकोमा टिभी हेर्न भनेर आमा मुन्नीदेवीसँग बिदा भई घरबाट हिँडेकी रुमतिको शव गत आइतबार खोलामा भेटिएको थियो। अभियुक्तहरूले घरको आँगनबाटै उनलाई उठाएकोले उनी रिहमको घरमा पुग्नै नपाई अपहरणमा परेकी थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.