|

सुर्खेत : कर्णाली प्रदेश सरकारले प्राविधिक शिक्षामा महिलाको पहुँच बढाउन विभिन्न विधामा छात्रवृत्तिसम्बन्धी कार्यक्रम सुरु गरेको छ। 

सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्षका बजेट कार्यक्रमअन्तर्गत ‘छोरीबुहारी छात्रवृत्ति’ कार्यक्रम सञ्चालन गरेको हो। सो कार्यक्रमका लागि प्रदेश सरकारले एक करोड ५० लाख रुपैयाँ बजेट खर्च गर्ने तयारी गरेको छ। मन्त्रालयका शिक्षा महाशाखा प्रमुख विष्णुप्रसाद अधिकारीका अनुसार तीन वर्षे स्नातक तहमा र प्रमाणपत्र तहमा व्यावसायिक तथा प्राविधिक शिक्षा अध्ययन गर्न इच्छुक १०० जना छात्रालाई ‘छोरीबुहारी छात्रवृत्ति’ प्रदान गरिनेछ। 

‘सरकारी स्कुल पढेका र कर्णाली प्रदेशका स्थायी बासिन्दालाई छोरीबुहारी छात्रवृत्ति प्रदान गरिनेछ,’ उनले भन, ‘यसबाट गरिब परिवारका छात्रालाई प्राविधिक शिक्षामार्फत आत्मनिर्भर बन्न मद्दत पुग्ने छ।’

मन्त्रालयअन्तर्गतको शिक्षा विकास निर्देशनालयले छोरीबुहारी छात्रवृत्तिलगायत अन्य ६ विधामा तीन करोड रुपैयाँ खर्च गर्न लागेको जनाएको छ। प्राविधिक उच्च शिक्षामा अध्ययन गर्ने जेहेन्दार छात्रवृत्ति, उच्च शिक्षामा अध्ययन गर्नेका लागि अपाङ्ग छात्रवृत्ति, उच्च शिक्षामा अध्ययन गर्नेका लागि दलित छात्रवृत्ति तथा जेहेन्दार छात्रवृत्ति र कर्णाली प्रदेश स्थापनाका क्रममा शहीद भएका व्यक्तिका छोराछोरीका लागि छात्रवृत्ति प्रदान गर्ने प्रक्रिया सुरु गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.