|

कुञ्‍ज नाटक घरमा १८ दिन र राष्ट्रपति निवासको प्रेक्षागृहमा एक साँझको बर्बरिक नाटकको, प्रदर्शनपछि झोराहाट नाट्य समूह खुसी हुँदै विराटनगर फर्कियो।

हलहले खोलाको किनारको घरमा भएको नेकपा मालेको चौथो राष्ट्रिय महाधिवेशनबाट आरम्भ भएको नाटक यसरी समाप्त हुन्छ, ‘आज यो मेरो अन्तिम निवेदन हो। बर्बरिकजीका बारेमा मेरो चासो र चिन्ता, तपाईंहरूको पार्टीसँग जोडिएर होइन, मेरो ज्ञान र चेतनासँग जोडिएर बढेको हो। पार्टी राजनीति नगरेको भए पनि मलाई थाहा छ, तपाईंहरू कोही बर्बरिक बन्न सक्नुहुन्न।’ बोल्दाबोल्दै लेखकको झोला भ्यात्त तल खस्छ, आकाशको उज्यालो क्रमशः अध्यारिँदै जान्छ। मन र शरीर दुवै गलेको लेखक झोला फ्यात्त फाल्छ र आफ्नो कन्चट समातेर थ्याच्च बस्छ।

नाटक सकिन्छ। काठमाडौंमा पनि नाटक सकियो। नाट्य समूहलाई पोखराबाट निम्तो आएको छ। बुटवलबाट पनि आएको छ। बिर्तामोडमा केही दिनमा बर्बरिक प्रदर्शन हुने तयारी छ।

जब पर्याप्त पौष्टिक खाना उमार्ने खेत र बारीहरू रक्सी मुर्दा भएर पल्टिएका छन्। चुरोट मात्र होइन, मासु पनि हामी आयात गरेरै खाइरहेका छौँ। स्वाभिमान मरेका नेपाली भएका छौँ हामी। हावादारी उडानमा लागेर हामी, इतिहासका ‘बहादुर गोर्खाली’ का मुर्दा सन्तान भएका छौँ।

तर, लेखकको अन्तिम चुनौतीलाई जवाफ दिने नेपालमा को छ? बर्बरिकले तीन धार भएको नेपाली कांग्रेससँग मिलेर जनआन्दोलन गर्ने नेता बनायो, मार्क्सवादी भएकै हुनाले आफूहरू प्रजातान्त्रिक भएको उद्घोष गर्‍यो, संसारभर छरिएका हजारौँ कम्युनिस्टको चर्चा नगर्ने अमेरिकाको न्युजविकले ‘कार्ल मार्क्स नेपालमा जीवित छन्’ भनेर उद्घोष गर्‍यो र आफ्नो संघीय सत्तालाई सतर्क गराउने काम गर्‍यो। सन् २०१८ मा काराकासमा भएको, ‘गरीबपक्षीय पार्टीहरूको सेमिनारले ‘संसारका २० क्रान्तिकारी नेताहरू’ भनेर फिडेल क्यास्ट्रोसँगै मदन भण्डारीलाई पनि उभ्यायो।

तर, कहाँ छन् जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारी आफ्नै पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा? बर्बरिक नाटकमा, ओर्लिंदै गएको साँझमा लेखकले दिएको ‘तपाईंहरू कोही बर्बरिक बन्न सक्नुहुन्न’ भन्ने चुनौतीलाई स्वीकार गर्ने नेता नेपाल कम्युनिस्ट पार्टीमा कोही छैनन्?

नाटकको पृष्ठभागबाट बर्बरिकको गर्जन आउँछ– देशमा दलाल पुँजीपति वर्गको शासन रहेसम्म राजा हुनु र नहुनुको कुनै अर्थ छैन। यो भनाइको सार के हो? कम्युनिस्टको लडाइँ कुनै व्यक्तिसँग होइन। पद्धतिसँग हो। प्रारम्भिक पुँजीवादको अवस्थामा पनि, कम्युनिस्ट पार्टीले गर्ने काम के हो? राष्ट्रिय पुँजीवादको रक्षा, संवर्द्धन र विकास। के वर्तमान नेपालमा यो काम हुन सकेको छ? छैन। जहिलेसम्म नेपालमा आत्मनिर्भर अर्थतन्त्रको निर्माण हुँदैन तहिलेसम्म बर्बरिक र जनताको बहुदलीय जनवादको युग समाप्त हुँदैन भन्ने सत्य बुझ्ने नेताहरू केन्द्रीय कमिटीमा कतिजना छन् अहिले म भन्न सक्दिनँ। अहिलेको नेकपा मा सायद ४४३ केन्द्रीय सदस्य हुनुहुन्छ होला।

व्यवहारमा अबको नेपाली मार्क्सवाद भनेको, सबै प्रदेशहरू सम्पूर्णतामा आत्मनिर्भर हुनु हो। अहिले पनि हामी चीन र न्युजिल्याण्डबाट आयात गरिएको स्याउ खाइरहेका छौँ, यता हाम्रा नेपाली स्याउले बजार पाइरहेका छैनन्। दाताले दयाले दिएको चामल खाइरहेका छौँ। जब पर्याप्त पौष्टिक खाना उमार्ने खेत र बारीहरू रक्सी मुर्दा भएर पल्टिएका छन्। चुरोट मात्र होइन, मासु पनि हामी आयात गरेरै खाइरहेका छौँ। स्वाभिमान मरेका नेपाली भएका छौँ हामी। हावादारी उडानमा लागेर हामी, इतिहासका ‘बहादुर गोर्खाली’ का मुर्दा सन्तान भएका छौँ।

‘भ्रष्टाचारमा शून्य सहनशीलता’ बेकारको भाषण हो। पुँजीवादको मूल परिचय भनेकै भ्रष्टाचार हो। भ्रष्टाचार भएन भने त्यो व्यवस्था पुँजीवादी नै हुँदैन।

संघीय संसद्का माननीयहरूको भाषणको कुनै अर्थ छैन अहिले। जनपक्षीय कानुन निर्माणबाहेक अहिले संघीय संसद्को अर्को कुनै काम पनि छैन। विकास निर्माणका काम गर्न स्थानीय सरकारलाई सबै अधिकार दिने कानुन बनाउनु, हामी कुन कुन क्षेत्रमा परनिर्भर छौँ त्यसको अध्ययन गर्नु र निराकरणका लागि निर्देशिका तयार गर्नु त्यसका काम हुन्। कुनै पनि सिन्डिकेटलाई कहिल्यै नब्युँझने गरी मार्नु, उपादक र उपभोक्ताका बीचमा कमिसन खाने फटाहा चलनलाई सिरुपाते खुकुरी चट्ट काटे जसरी काट्ने कानुन निर्माण, माथिका माननीयको काम हो।

‘भ्रष्टाचारमा शून्य सहनशीलता’ बेकारको भाषण हो। पुँजीवादको मूल परिचय भनेकै भ्रष्टाचार हो। भ्रष्टाचार भएन भने त्यो व्यवस्था पुँजीवादी नै हुँदैन। पुँजीवादका बाउआमाले त्यसै ‘हामी कमिसन सार्वजनिक गर्दैनौँ’ भनेर हुङ्कार गरेका होइनन्। अन्तर्राष्ट्रिय पुँजीवाद, नेपालजस्ता देशलाई हकारेरै आफ्नो भ्रष्टाचारी सत्ता चलाइरहेका छन् र हामी जस्ताको आँखा नखुन्जेल चलाइरहनेछन्।

नोकरशाही दलाल पुँजीवादमाथि चौतर्फी चोट दिने नीति ल्याउनुपर्छ वर्तमान सरकारले। भारतको दुस्ट्याइँले कर्णाली प्रदेशका जडीबुटीहरू विदेश निर्यात गर्न सकिएन रे। त्यसो भए लागौँ चीनतिर। कम्युनिस्ट पार्टीको सरकार भएकै कारण अहिले चीन र नेपालबीच व्यापार मार्ग खुलेको हो भन्ने सत्यलाई अब कसैले बिर्सन मिल्दैन। भारतको दादागिरी, कम्तीमा पनि एउटा फराकिलो क्षेत्रमा त समाप्त भयो।

उसो त मेरो जोड आत्मनिर्भरतातिर हो। आफैँ उत्पादन गरौँ, आफैँ उपभोग गरौँ। हामीसित के छैन? हिमाल, पहाड र तराईमा उत्पादन हुने अन्न, फलफूल, माछा मासुजन्य खाद्यपदार्थ, खानी, सबै छ। समस्या तिनको परिचालनमा मात्र छ। हामीले कुनै मुलुकलाई चिढ्याउनुपरेको पनि छैन। हामी आफ्नै वस्तुभाउ पालुँला, आफ्नै आँटो पीठो खाउँला। उसै पनि अहिले कोदो, फापर, जुनेली, चिनोको महत्त्व बढेको छ। यी सबै हाम्रा मौलिक उत्पादनहरू हुन्। हाम्रा पितापुर्खाले यसैको ढिँडो खाएर भाते भारतीय अंग्रेजलाई आच्छु आच्छु पारेकै हुन्।

पुर्खाहरूको वीरताको गीत गाएर केही पाइँदैन। आफू वीर हुनुको गौरवले हामी चिनाउँछ। अहिले हाम्रो स्वाभिमान मरेको छ। लास भएका छौँ हामी। त्यसैले कहिले हामीलाई भारतले हुँक्छ ठुल्दाई भएर, कहिले अमेरिकाले स्पष्टीकरण माग्छ मालिक भएर, कहिले युरोपियन युनियले धम्की दिन्छ तेरो संस्कृति मार, हामीबाट सिक भनेर! हामीले कसैसँग दब्नु आवश्यक छैन। कहिल्यै कुनै परचक्रीको दास भएनौँ हामी। विश्वको एक मात्र स्वतन्त्र राष्ट्रका नागरिक हामी। त्यसैले हामीले कसैलाई स्पष्टीकरण दिइरहनु पनि पर्दैन।

५० डिग्रीमा तातेको बालुवा र सोही डिग्रीमा उकल्चिएको उमसमा आएको पसिनालाई आफ्नो पाखा पखेरामा पोखौँ। अहिलेको सरकारले केही उज्याला सन्देश दिन खोजेको छ। त्यसलाई हामी आफ्नो बनाउँ। आफैँ गरौँ, आफैँ खाऊँ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.