|

काठमाडौं : नेकपाको सचिवालय बैठकले पार्टी एकता गर्न गठित कार्यदललाई एकदिने समयसीमा दिएर प्रतिवेदन बुझाउन निर्देशन दिएको छ। सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मंगलबारभित्र कार्यदलले हालसम्म गरेको कार्यको प्रतिवेदन बुझाउन अल्टिमेटम दिएको हो।

बैठकको निर्णय जानकारी गराउँदै नेकपा प्रवक्ता नारायण काजी श्रेष्ठले मंगलबारसम्मको समय दिएर हालसम्मको प्रतिवेदन माग गरिएको जानकारी दिए। 'सांगठनिक एकीकरण गरी गृहकार्य गरी सुझाव पेस गर्न तत्काल भोलि नै अहिलेसम्मको कार्यपत्रको विवरण पेस गर्न बैठकले कार्यदललाई निर्देशन गरेको छ, प्रवक्ता श्रेष्ठले भने, 'त्यसबारे छलफल गरेर आवश्यक निर्णय लिइनेछ। स्थायी समितिको बैठक पनि बस्नेछ।'

सचिवालयको निर्देशन अनुसार स्थायी समितिको बैठकमा प्रतिवेदन प्रस्तुत हुने श्रेष्ठले बताए। अहिलेसम्मको कार्यप्रगतिको विवरण सहित सचिवालयमा प्रतिवेदन बुझाउन सचिवालयले मंगलबारसम्मको समय दिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.