काठमाडौं : डेढ वर्षदेखि पदाधिकारीविहीन महिला आयोगमा अझै नयाँनियुक्ति भएको छैन। नियुक्ति कहिले हुनेहो टुंगो पनि छैन। नयाद्ँ आउने पदाधिकारीलाई पाँचवटा गाडी भने किनिसकिएको छ।
पदाधिकारीका लागि भन्दै किनिएका गाडी सबै महंगा भएको नागरिक दैनिकले लेखेको छ। पाँचमध्ये सबैभन्दा महंगो गाडी आयोगका सचिव अनिल ठाकुरले प्रयोग गर्दै आएका छन्। अर्थमन्त्रालयले आयोगका पदाधिकारी र कार्यालयलाई भन्दै छ वटा गाडी किन्नको लागि रकम रकामान्तर गरी ६ गाडी किन्नको लागि तीन करोड रुपैयाँ निकासा गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।