|

धरान : प्रदेश १ मा एक वर्षको अवधिमा २३ विधेयक पारित भएका छन्। सात विधेयक पाइपलाइनमा रहेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए। 

प्रदेशसभाको २२३ दिनको अवधिमा जम्मा ७४ दिनमा ९७ पटक बैठक बसेको प्रदेश सचिवलायले जनाएको छ । समयको हिसाबले जम्मा ८८ घण्टा ३३ मिनेट संसद् बैठक बसेको थियो । 
संघबाट लोकसेवा, प्रहरी, शिक्षालगायतका ऐन बेलामा नबन्दा कानुन बाझिने भएकाले थप कान'न निर्माणमा अवरोध भएको सभामुख भण्डारीले बताए। प्रदेश १ बाट सबैभन्दा बढी कानुन पारित भएको उनको भनाइ छ। हालसम्मका ९७ बैठक तथा २३ कानुन पारित गर्दा कुनै विवाद नभएको र बैठकसमेत एकै दिन पनि अवरोध नभएको सचिवालयले जनाएको छ। 

प्रदेश १ मा ९३ सभासदस्य रहेका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ६७, (पूर्वएमाले ५१) पूर्वमाओवादी केन्द्र १६० कांग्रेस २१, सङ्घीय समाजवादी फोरम नेपाल तीन, राप्रपा र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट एक\एक  छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.