|

डोल्पा : डोल्पाको ठूलीभेरी नगरपालिकाको केन्द्र विवाद अझै टुंगाे लाग्न सकेको छैन। बिरोध सुरु भएको एक वर्ष बित्न लाग्दा पनि केन्द्र विवादको मुद्दा नसुल्झिएपछि नगरको विकास निर्माण कार्य ओझेलमा परेको छ। अघिल्लो वर्ष फागुन १६ गतेबाट सुरु भएको नगरपालिकाको केन्द्र विवाद अहिले पनि जारी छ।

नगरप्रमुख गणेशबहादुर शाहीले झुक्याएर दुनैमा रहेको केन्द्र जुफाल सारेको भन्दै एक वर्ष अघिदेखि दुनैबासीहरूले आन्दोलन र बिरोधका कार्याक्रमहरू गर्न छाडेका छैनन्। मंगलबार पनि नगरपालिकाको केन्द्र पुनःदुनै सार्न माग गर्दै सदरमुकामबासीले आन्दोलन गरेकाछन्। कहिले नगरप्रमुखको पत्ला दहन त कहिले बजार बन्द लगायतका कार्यक्रमहरू दुनैबासीले जारी राखेका छन्। 

केन्द्र विवादको मुद्दा सर्वोच्च अदालतमा पुगि सकेकोले तत्काल केन्द्र तोकिनु दुनैमा कायम गरिनु पर्ने र राज्यले गलत नियतबाट जनतलाई झुक्याउने नगरप्रमुखलाई कारवाही गर्नुपर्ने  ७ वडाका अध्यक्षहरूको माग छ। अहिले १, २, ३, ४, ६, १० र ११ वडाका अध्यक्षहरू दुनैको समर्थन आन्दोलन गरिरहेकाछन्। 
कानुनी हिसावमा आफूहरूले न्याय पाउनेमा कुनै शंका नरहेको र अब दुनैमा केन्द्र कायम भएरै छोड्केमा विश्वस्त रहेको उप–प्रमुख योगेन्द्रबहादुर शाहीले दाबी गरे। 

नगर प्रमुखले जनप्रतिनिधि र जनतालाई ठूलो घात गरेकाले त्यसको सजाय जीवनपर्यन्त भोग्नुपर्नेे उप–प्रमुख शाहीले बताए। एक वर्षसम्म जनताले पाएको दुख र विकास अबरुद्धको सम्पूर्ण जिम्मेवारी नगरप्रमुखले नै लिनुपर्ने शाहीको भनाइ छ। ठुलीभेरी नगरपालिकाको केन्द्र विवादको मुद्दाका विषयमा सर्वोच्च अदालतमा हालसम्म ९ पटक पेशी र छलफल भइसके पनि मुद्दा किनारा लाग्न नसकेको दुनैका स्थानीय युवा बबिकिशोर गुरुङले जानकारी दिए। 

गुरुङका अनुसार अब आउने फागुन २६ गते पुन पेशी तोकिएकाले  टुंगाे लाग्नसक्ने आशा गरिएको बताए। नगरसभाको पहिलो बैठकले केन्द्र सार्ने निर्णय गरे अनुसार नै जुफाल केन्द्र सारेको र सरकारले फागनु १६ गते राजपत्रमा प्रकाशित गरेको नगरप्रमुख गणेशबहादुर शाहीले बताए। विकास निर्माण कार्य  भइ रहेकाले जनताको काम नरोकिएको शाहीले बताए।   

गाउँगाउँमै सिंहदरवारको आभास दिलाउन बनाइएको स्थानीय सरकार नै एकवर्षदेखि केन्द्र विवाद मै अल्झिएपछि विकास निर्माणको काम ओझेलमा परेको सरोकारवालाको भनाइ छ। यसरी जनतालाई जगाउने कामभन्दा पनि केन्द्र विवादको मुद्दा किनारा लाउन सर्वोच्च अदालतलाई जनताले माग गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.