|

चितवन : तोकिएको मूल्य नपाएको भन्दै चितवनका अण्डा उत्पादक किसानहरु आन्दोलित बनेका छन्। आक्रोशित किसानले मंगलबार नारायणगढमा रहेको नेपाल अण्डा उत्पादक सघंको केन्द्रीय कार्यालयमा ताला लगाएका छन्। सघंका पदाधिकारीकै उपस्थितिमा केन्द्रीय अध्यक्ष र दाना वितरक सघंको कार्यकक्षमा ताला लगाएका हुन्।

सघंले किसानको हितमा काम गर्न नसकेको आरोप लगाउँदै पश्चिम चितवन र पूर्वी चितवनका अण्डा उत्पादक किसानहरू संघविरुद्ध उत्रिएका छन्। सघंले केहि समयअघि प्रतिक्रेट मूल्य २६० तोकेको थियो। सप्लायर्सले भने तोकिएको मूल्यमा खरिद गर्न नसकिने भन्दै ३० रुपैँया कम २३० मात्रै दिनेगरेको छ। पहिल्लो समय दानाको मूल्य बढ्दा २६० मा पनि घाटा हुने भएकाले आन्दोलन गर्न बाध्य भएको किसानको भनाई छ।

सप्लार्यसहरुले मनोमानी रुपमा अण्डा खरीद गर्ने गरेकाले उनीहरूको यस्तो कदमलाई सघंले रोक्नुपर्ने पश्चिम चितवन अण्डा उत्पादक किसान सघंका अध्यक्ष राजकुमार श्रेष्ठको माग छ। अण्डा सघंले नै तोकेको मुल्य नपाउनुले सघं स्थापना हुनुको औचित्य माथी नै प्रश्न उठ्ने उनले बताए। समस्या समाधानका लागि संयुक्त बैठक बोलाइए पनि ठूला सप्लार्यसहरू उपस्थित नभएपछि उनीहरूविरुद्ध पनि अब आन्दोलन सुरु गर्ने अध्यक्ष श्रेष्ठले चेतावनी दिए।

केही विचौलीयाको मनोमानिका कारण तोकिएको मूल्य नपाएको पश्चिम चितवनका किसान गोविन्द शर्माले बताए। तर विचौलियाको मनोमानीलाई सघंले रोक्न नसकेको उनको आरोप छ। दानाको मूल्य दिन प्रतिदिन बढे पनि अण्डाको मूल्य नपाउँदा सडकमा आउनुको विकल्प नभएको शर्माको भनाई छ।

नेपाल अण्डा उत्पादक सघंका अध्यक्ष त्रिलोचन कंडेलले केही सप्लायर्सका कारण नै समस्या सिर्जना भएको स्वीकार गरे। उनले सन्बन्धित पक्षसँग निरन्तर छलफल भइरहेकाले चाँडै समस्याको समाधान हुने विश्वास व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.