|

काठमाडौ‌ं  : बागेश्वरी मन्दिर बाँके जिल्लाको नेपालगञ्‍जमा अवस्थित छ।  बागेश्वरीको मन्दिर नेपालगन्जको एउटा महत्त्वपूर्ण धार्मिक केन्द्र हो। यो नेपालको महत्त्वपूर्ण हिन्दु मन्दिरमध्येमा पर्दछ। दुर्गा भवानीको यो मन्दिर बागेश्वरी मन्दिरको नामले प्रख्यात छ। सतीदेवीको जिब्रो पतन भएको मानिने भएको हुनाले यस मन्दिरलाई प्रसिद्ध पीठ पनि मानिन्छ।

यो मन्दिर रहेको स्थानमा सतीदेवीको जिब्रो पतन भएको विश्वास गरिन्छ। यस स्थानमा सर्वप्रथम किन्नरगणहरूले पूजा-आराधना गरेको मानिन्छ। एउटा ठुलो तलाउको किनारामा रहेको यो मन्दिर नयाँ मुलुकका रूपमा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपालमा गाभिएपछि मात्रै पत्ता लागेको हो।

यही मन्दिर वरिपरि रहेको अर्को आकर्षण भनेको जुँगे महादेवको मन्दिरको पनि हो। नेपागञ्जको  यो मन्दिरमा महादेवको जुँगा सहितको मूर्ती रहेको छ। संसारभर पाइने महादेवको मूर्तीमध्ये जुँगा भएको मूर्ती यहीँ मात्र छ। वरिपरि पोखरी र पोखरीको बीचमा रहेको यो मन्दिर धेरै सुन्दर छ। नेपालगन्ज भ्रमणका क्रममा दीपक केसीले क्यामेरामा कैद गरेका बागेश्वरी मन्दिर र जुँगे महादेवको मन्दिर :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.