|

रुकुम : रुकुम पूर्वको जिल्ला प्रशासन कार्यालयले आइतबार जारी गरेको निषेधाज्ञालाई निरन्तरता दिँदै उच्च सुरक्षा सतर्कता अपनाएको छ। सदरमुकाम र आसपासका क्षेत्रमा बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। रुकुम पूर्वको सदरमुकाम गोलखाडा हुनुपर्ने माग सहित स्थानीयहरु आन्दोलित भएका हुन। गोल्खाडा पक्षधरताले प्रशर्दनसँगै ज्ञापन पत्र बुझाउन हालको सदरमुकाम रहेको रुकुमकोट आउने तयारी गरेपछि प्रशासनले सुरक्षा व्यवस्था कडा गरेको हो।

यस अघि नै सुरक्षाकर्मी दोब्बर पारेको प्रशासनले बुधबार बुटवलबाट थप सुरक्षाकर्मी हेलिकोप्टर मार्फत रुकुमकोट झारेको छ। निषेधाज्ञा तोकिएको सिस्ने गाउँपालिका र भूमे गाउँपालिकाको सीमाना धौलापैरामा गोल्खाडा पक्षधरलाई रोक्न प्रहरी बसेको छ। प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउनको लागि भन्दै ५ हजार बढी सर्वसाधारण बाटोमा रहेको रुकुम पूर्वको सदरमुकाम गोल्खाडा स्थापनार्थ सरोकार समितिका सदस्य पुनिराज घर्ती मगरले बताए। प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले शान्ति सुरक्षा कायम गर्न र जिल्लामा कुनै पनि अप्रिय घटना नघटोस भनेर सुरक्षा ब्यवस्था कडा पारिएको बताए। २०७४ माघ ११ गतेको मन्त्री परिषदको बैठकले जिल्लाको स्थायी सदरमुकाम गोल्खाडा कायम गर्ने निर्णय गरेको थियो।

तर निर्णय खारेजीको माग गर्दै सवोच्च अदालतमा रुकुमकोटबासीले रिट हालेपछि उक्त निर्णय कार्यान्वयन हुन पाएको छैन। २०७४ माघ १७ गते परेको रिट उपर सुनुवाई गर्दै अदातलते तत्काल उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो। त्यसपटि अदालतले १६ औं पटक सम्म उक्त मुद्धाको पेसि सारीसकेको छ। पछिल्लो पेसि यही माघ २७ गते दिन नजिकिँदै जाँदा दुवै क्षेत्रका सर्वसाधारण आन्दोलनमा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.