|

काठमाडौं : क्यान्सर एक यस्तो रोग हो धेरै यसको नाम सुन्न डराउँछन्। अस्वस्थ जीवनशैलीले गर्दा मानिसको शरीर स्वास्थ्यको हिसाबले जति जोखिममा छन् अस्वस्थ जीवनशैलीले क्यान्सरको जोखिम पनि उतिनै बढ्दै गएको छ।

नेशनल हेल्थ सर्भिसको रिपोर्ट अनुसार हाल तीन जना मध्ये एक जनामा केही न केही क्यान्सर हुने जोखिम रहेको बताएको छ। रिपोटका अनुसार बेलायतमा ब्रेस्ट, फोक्सो, प्रोस्टेट तथा पेटको क्यान्सर हुने संख्या धेरै छ। क्यान्सर २०० भन्दा धेरै प्रकार हुन्छन्। तर क्यान्सरको सुरुवाती लक्षणहरू धेरैले थाहा नपाउन सक्छन्।

वेलायतमा गरिएको क्यान्सर रिसर्च रातको समयमा धेरै पसिना आउछ भने त्यो क्यान्सरको सुरुवाती लक्षण भएको बताएको छ। यस्तै शरीरमा केही इन्फेक्सन छैन वा कुनै प्रकारको औषधिको साइड इफेक्सन छैन र रातको समयमा धेरै पसिना आएको हो भने क्यान्सरको सुरुवाती प्रमुख लक्षण हुने गरेको अनुसन्धानले जनाएको हो। तर महिलामा मनोपज पछि को उमेरमा भने धेरै पसिना आउने गर्छ। यदि लामो समयसम्म रातिको समयमा धेरै पसिना आउँछ भने समयमा नै चिकित्सकलाई देखाउनु राम्रो हुन्छ।

राति धेरै पसिना आउनेलाई लिम्फोमा, ल्यूकेमिया, मेसोथेलियोमा तथा हड्डीको क्यान्सर हुने जोखिम हुन्छ। ल्यूकेमिया क्यान्सरका रगतको कोशिका प्रभावित हुने हुँदा छालाको रंगको परिवर्तन भइरहन्छ र पसिना धेरै आउने गर्छ। यस्तै हड्डीको क्यान्सरको सुरुवाती लक्षणमा भने हातखुट्टा धेरै दुख्ने तथा तौल घट्ने हुन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.