|

 चितवन : अण्डाको भाउ तोक्ने केन्द्रीय मूल्य निर्धारण समिति  विघठन भएको छ।भरतपुरमा बसेको सर्वपक्षीय छलफलले बिहीबारबाट समिति भंग गरीएको हो।

यो समितिले देशभर उत्पादन भएको अण्डाको भाउमा एकरुपता ल्याउन एउटै मूल्य तोक्ने काम गर्गने गरेको थियो। नेपाल अण्डा उत्पादक केन्द्रीय संघ, दाना वितरक संघ, सप्लायर्स र किसानहरुको संयुक्त बैठकले समिति पुर्नगठन गर्ने सहमति  गरेको छ।

 बैठकबाट किसानहरुलाइ पनि समेटि आगामी शनिबार नयाँ मूल्य निर्धारण समिति गठन गर्ने निर्णय गरेको पश्चिम चितवनका आन्दोलित किसान गोविन्द शर्माले जानकारी दिए। 

शर्माका अनुसार अब बन्ने नयाँ समितिले अण्डाको मूल्य वृद्धि गरी नयाँ दर  कायम गर्नेछ। यद्यपि किसानहरुले अण्डा उत्पादक संघको केन्द्रीय कार्यालयमा मंगलवार लगाएको ताला भने खोलीएको छैन। आन्दोलीत किसानहरुले बढाएर नयाँ मूल्य निर्धाण नगरेसम्म तालाबन्दी कायम राख्ने अडान लिएपछि ताला नखुलेको हो।

छलफलका क्रममा संघले समस्या समाधानका लागि किसानहरुसँग केहि दिन समय माग गरेपछि आगामि शनिबार ठोस निचोड निकाल्ने गरी बुधवारको सर्वपक्षीय बैठक सकिएको थियो। तोकिएको मूल्य नपाएको भन्दै चितवनका अण्डा उत्पादक किसानहरु आन्दोलीत बनेका छन्।

आक्रोशित किसानहरुले मंगलबारदेखि नारायणगढमा रहेको नेपाल अण्डा उत्पादक संघको केन्द्रीय कार्यालयमा ताला लगाएका छन्।  संघले केहि समयअघि प्रतिक्रेट मूल्य २६० तोकेको थियो। सप्लायर्सले भने तोकिएको मूल्यमा खरिद गर्न नसकिने भन्दै ३० रुपैँया कम २३० मात्रै दिनेगरेको छ।

पछिल्लो समय दानाको मूल्य बढ्दा २६० मा पनि घाटा हुने भएकाले आन्दोलन गर्न बाध्य भएको किसानहरुको भनाई छ। सप्लार्यसहरुले मनोमानी रुपमा अण्डा खरीद गर्ने गरेकाले उनिहरुको यस्तो कदमलाई संघले रोक्नुपर्ने पश्चिम चितवन अण्डा उत्पादक किसान संघका अध्यक्ष राजकुमार श्रेष्ठको माग छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.