|

हुम्ला : बुधबार बेलुकीदेखि हुम्लामा पुन हिमपात सुरु भएको छ। हिमपातले हुम्ला लगायतका हिमाली जिल्लाहरूमा जनजीवन प्रभावित बनाएको छ। हिमपातका कारण स्थानीय घरबाहिर निस्कन सकेका छैनन्। सिमकोटमा मात्रै एक फिटभन्दा बढी हिउँ जमेको र तापक्रम माइनसमा  झरेको हुम्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले बताए।

रातिदेखि परेको हिमपातले हुम्लाको सिमकोट, मुगुको ताल्चा, जुम्ला, साँफेबगर लगायतका हिमाली जिल्लामा रहेको हवाई सेवा बन्द भएको प्रमुख जिल्ला अधिकारी ढुंगानाले बताए। हिमपातले चिसो बढेसँगै सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीले सेवाग्राहीलाई सेवा दिन समस्या भएको प्रमुख जिल्ला अधिकारी ढुंगानाले बताए। एक साता अघिको हिउँ पग्लन नपाउँदै पुनः हिमपात सुरु भएपछि  सिमकोटका होटल व्यवसायी र स्थानियबासिन्दालाई समस्या बनाएको छ। उता  ग्रामीण भेगका किसानलाई भने हिमपातले उत्साहित बनाएको छ।

हिमपातले धाराबाट  पानी ल्याउनसमेत कठिन भएको सिमकोट २ का गोरसिंह बोहराले बताए। जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा आठ दिनको हिमपातले गाईवस्तु, याक चौँरीलाई समस्या भएको त्यस क्षेत्रका स्थानीयले बताएका छन्। उच्च हिमाली जिल्ला हुम्लामा हिमपात र पानी परिरहेकाले प्रमुख जिल्ला अधिकारी ढुंगानाले यहाँका स्थानीयलाई सतर्क रहन सबैलाई आग्रहसमेत गरेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.