काठमाडौं : काठमाडौं उपत्यकासहित देशका मध्य र पश्चिमी भेगहरुमा पानी परिरहेको छ। उपत्यकासहित मध्यभेगका केही ठाउँमा बिहीबार बिहान करिब ५ बजेदेखि पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मंगबारदेखि पानी पर्न शुरु गरेको पश्चिमी तराई तथा पहाडी क्षेत्रमा बिहीबार भारी वर्षा हुनेछ भने हिमाली भेगमा भारी हिमपात हुने सम्भवना रहेको महाशाखाका मौसमविद मिनकुमार अर्यालले जानकारी दिए। पश्चिमी वायुको प्रभावका कारण आज देशका अधिकांश भेगमा पानी पर्ने भएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।