|

सिन्धुली : जिल्लाको फिक्कलमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। फिक्कलबाट सिन्धुली सदरमुकामका लागि छुटेको बा१५च ९४ २२ नम्बरको जीप अनियन्त्रीत भएर सडकबाट झण्डै २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

फिक्कल गाउँपालिका–२ चन्डिभञ्ज्याङमा जिप दुर्घटनामा परेको हो। मृत्यु भएकाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। दुर्घटनामा आठजना घाइते भएका छन्। घाइतेको सिन्धुली र काभ्रेका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.