|

मनाङ : दुई साताअगाडि  परेको हिमपात  बिलाउन नपाउँदै मनाङमा पुन: हिमपात सुरु भएको छ। पाखा पखेरा सेताम्मै छन्। मानिसलाई हिँडडुल गर्न कठिनाइ छँदै छ। सवारीसाधन आवागमन सुचारु हुन सकेको छैन। बुधबार रातिबाट पुन हिमपात भएका कारण मनाङको जनजीवन थप कष्टकार बनेको छ। मौसममा आएको  पटक पटकको खरावीले  मनाङवनसीहरु आतिन थालेका  छन्। 

जिल्लामा खाद्यान्न ढुवानी हुन नसक्दा  अभाव सृर्जना हुन थालेको छ। घाम लागेर हिउँ पग्लने आशामा बसेका मनाङवासी फेरि हिमपातको चपेटामा परेका छन्। हिमपातले मानिसमा मात्र नभई पशुपन्छीमा समेत प्रभाव परेको छ।

प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाका अनुसार जिल्लामा दुइ साता भयो सवारीसाधन नचलेको बजारमा खद्यान्न लगायत दैनिक प्रयोगमा आउने सामानहरुको अभाव हुन थालेको छ। मौसम विदहरुले अझै ठूलो हिमपात हुने जानकारी दिएसँगै हिमपात हुनाले पशुचौपया समेत प्रभावित भएका छन्। नासो गाउँपालिका वडा नं ४ का सुरेस थकालीका ५ वटा चौरी हिमपातले मरीसकेका छन्।

अन्य अरूको पनि केही मरेका र केही हराइरहेको अवस्था छ। चौरीपालक थकालीका अनुसार हिमपातले राएका चौरीखोज्न जान नसको अवस्था छ।

उता मजुङ बेसीसहरबाट मनाङ आउने र मनाङदेखि बेसीसहर जाने जिपहरु बाटोमै अलपत्र परेका छन्। मौसम विद वरुण पौडेलका अनुसार मनाङ लगायत हिमाली जिल्लामा हिमपत सँगै हिउँ पहिरोको जोखिम रहेको बताएका छन्। प्रमुख जिल्ला अधिकारी देवकोटाका अनुसार जिल्ला वासीलाई हिमपातको समयमा सुरक्षीत स्थामा रहन सचेत गरिएको बताएका छन्।

अझै आइतबारसम्म निरन्तर हिमपात पर्ने हुदा सर्वसाधारण सबैलाई सुरक्षीत स्थानमा बस्न सचेत गरीएको छ। यसरी पटक-पटकको हिमपातले विद्यालय, पशुचौपया र जनजीवन अझै कष्टकार बनेको छ।  

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.