दुई विदेशीसहित ८ टिम सहभागी हुने

|

सुनसरी : मोफसलको चर्चित फुटबल प्रतियोगिता बूढासुब्बा रेडबुल गोल्डकपको २१ औं संस्करणको तयारी पूरा भएको छ। आयोजक धरान फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जनाएको हो।

धरान १६ स्थित रंगशालामा माघ २६ गतेदेखि फागुन ४ गतेसम्म प्रतियोगिता आयोजना हुँदैछ। प्रतियोगिताको खेल तालिका पनि पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ। प्रतियोगितामा आमन्त्रण गरिएका २ विदेशीसहित कुल ८ वटा टिम सहभागी हुने निश्चित भएको क्लबका अध्यक्ष एवं एन्फाका मानार्थ केन्द्रीय उपाध्यक्ष किशोर राईले बताए।

उद्घाटन खेल संकटा क्लब काठमाडाैं र मेची नेत्रालय काँकडभिट्टा फुटबल टेनिङ सेन्टरबीच हुनेछ भने दोस्राे खेल नेपाल पुलिस क्लब र साहरा क्लब पोखराबीच हुनेछ। यस्तै तेस्रो खेल मनाङ मर्स्याङदी क्लब र दाउफिन्स फेमिली क्लब क्यामरुनबीच हुँदा अन्तिम खेल आयोजक धरान फुटबल क्लब र दलहाउजी एथलेटिक क्लब कोलकत्ता भारतबीच हुने आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेताले नगद ८ लाख रुपैयाँ र उपविजेताले ४ लाख रुपैयाँ पाउने क्लबका अध्यक्ष राईले बताए। गत २० औं सँस्करणमा विजेताललाई ६ लाख र उपविजेतालाई ३ लाख नगद पुरस्कार प्रदान गरिएको थियो। यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले स्कुटर, प्रत्येक खेलको म्यान अफ दि म्याचले १५ हजार पुरस्कार पाउनेछन्।

यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँ पाउनेछन्। साथै सर्वाधिक गोलकर्ता खेलाडीले नगद ३५ हजार पुरस्कार पाउने राइले बताए। आयोजक धरान फुटबल क्लबका अध्यक्ष एवं एन्फाका मानार्थ वरिष्ठ उपाध्यक्ष राईले यस पटकको तयारी विगतको भन्दा धेरै राम्रो भएको दाबी गरे। मैदानमा इञ्जिनियरिङ हिसाबले लभेलिङ गरिएको र केही समयअघि घास पनि रोपिएकोले मैदान विगतको भन्दा धेरै राम्रो भएको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.