|
File Photo

मुगु : जिल्लाभरि रहेका सामुदायिक तथा निजी विद्यालयमा बिहीबार झरी बिदा भएको छ।

बिहानदेखि जिल्लामा उच्च क्षेत्रमा हिमपात र बेसीमा पानी पर्न थालेपछि मुगु जिल्लाका प्रायः विद्यालयले १० बजे विद्यालय खोलेर प्रार्थना र राष्ट्रिय गानपछि विद्यार्थीलाई झरी बिदा दिइएको हो।

अत्यधिक चिसो र झरीका कारण विद्यालयमा विद्याथीको न्यून उपस्थिति र शिक्षकलाई अध्यापन गर्नसमेत जाडोले समस्या भएपछि अधिकांश विद्यालयले विद्याथीलाई झरी बिदा दिएका हुन्। विद्यार्थीलाई बिदा दिइए पनि शिक्षक भने आगो बालेर ताप्दै विद्यालयमा बसेका थिए।

छायाँनाथ रारा नगपालिकास्थित महाकाली नमूना माविका प्रध्यानाध्यापक देवबहादुर मल्ल बिदा दिएको भन्दा विद्यालयमा टाढाटाढाबाट विद्यार्थी पढ्न आउने गरेकामा बिहीबार बिहानदेखि पानी पर्न थालेपछि एक हजार २०० विद्यार्थीमा २०० जनासम्म मात्र विद्यालय आएकाले पढाइ हुन नसकेको बताउँछन्।

नगरक्षेत्रमा रहेका ४४ सामुदायिक, ६ निजी विद्यालय र एक वटा क्याम्पसमा बिहीबार झरी र चिसोका कारण अध्यापन प्रभावित भएको छ।

छायाँनाथ रारा नगरपालिका शिक्षा शाखाप्रमुख ललितजङ मल्ल ऐनकानूनमा बिदा दिने कतै प्रावधान नभए पनि विद्यार्थी र शिक्षकको समस्या दृष्टिगत गरी मौसम अनुकूल नभएर शिक्षक विद्यार्थीको हाजिर गरेर छुट्टी दिने विद्यालयले व्यवहारिक रुपमा गर्दै आएकाले सोहीअनुसार आज विद्यालय आधा खुलेका हुन सक्ने बताए।

जिल्लाका यातायातका दुई विकल्पमध्ये दुई साताअघि देखि कर्णाली राजमार्गअन्तर्गत नाग्म गमगढी सडकखण्डको घुच्ची, बुलबुलेमा चार फिट हिउँ जम्दा यातायातका साधन बन्ध भएका छन् भने रारा विमानस्थलमा पनि आज उडान भएनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.