|

बाँके : भर्खरै युएइमा सम्पन्न्न एक दिवसिय टि–२० क्रिकेट सिरिजमा नेपाललाई जित दिलाउन सफल अविनाश बोहरा 'ब्रान्ड एम्बेस्डर' नियुक्त भएका छन्। एक कार्यक्रमबीच बिहीबार नेपालगन्जको धम्बोझी‍स्थित रहेको बिबि साइकलले उनलाई एक वर्षका लागि ब्रान्ड एम्बेस्डर नियुक्त गरेको हो। 

वार्षिक रुपमा एकलाख प्रदान गरिने र ५० हजार बराबरको क्रिकेट खेलका लागि चाहिने सामान तथा एउटा गेयर साइकल समेत उपलब्ध गराउने गर सम्झौता भएको बिबि साइकलका प्रोप्राइटर हाजी मोहम्मद सरिफ बागवानले बताए। ‘क्रिकेटका गतिविधिमा विगतमा लगानी गर्दै आइरहेका छाैं’, उनले भने। अविनाशलाई एम्बेस्डर बनाउन आउँदो दिनमा क्रिकेटमा भविष्य देखेर नै नियुक्त गरिएको उनले बताए।

बाँके जिल्लाले पहिलो पटक यसरी पुरुष क्रिकेटरलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको रोयल स्पोर्टस क्लबका प्रमुख मेराज अन्सारीले बताए। बुधवार गृह जिल्ला आइपुगेका अविनाश बिहीबार नै शनिबारबाट धनगढीमा सुरु हुन लागेको डिपिएलका लागि प्रस्थान भएका छन्। यस अघिका डिपिएलका २ वटै संस्करण खेलिसकेका अविनाश यस पटक महेन्द्रनगर युनाइटेडबाट खेल्दै छन्। ‘ब्रान्ड एम्बेस्डर बन्न पाउँदा म निकै खुशी र सम्मानित भएको महशुस भएको छ। आउँदो दिनमा अझैँ राम्रो क्रिकेट खेल्ने जिम्मेवारी थपेको छ’, उनले भने। 

वर्षाका कारण क्रिकेट प्रतियोगिता स्थगित

नेपालगन्जमा जारी दोस्रो मेयर कप अन्तर विद्यालय टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार हुने खेल वर्षाका कारण स्थगित भएको छ। बिहीबार मंगलप्रसाद मावि र होप इन्टरनेसनल मावि बीचको खेल वर्षाका कारण स्थगित भएको आयोजकले जनाएको छ। वर्षाका कारण स्थगित भएको खेल अर्को दिन खेलाइने आयोजकले जनाएको छ। बिहीबार हुने भनिएको खेल अर्काे दिन खेलाइने प्रतियोगिताका संयोजक मेराजले बताए।

प्रतियोगिताको फाइनल खेल आउँदो फागुन ४ गते हुने भएको छ। प्रतियोगिताको विजेताले ५१ हजार तथा उपविजेताले २५ हजार पाउने छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.