अर्थ

बाँकेमा सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने प्रक्रिया सुरु
SHARES

माघ २५, २०७५

    बाँके : योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचीकृत हुन बाँकेका उद्योग प्रतिष्ठानले प्रक्रिया शुरु गरेका छन्। सामाजिक सुरक्षा कोषका अनुसार बाँकेमा माघ १ गतेबाट रोजगारदातालाई सूचीकृत हुन सूचना जारी भएपछि यहाँका उद्योग प्रतिष्ठानले चासो दिएका छन्। 

    बाँकेमा स्थापना भई औषधि उत्पादन गर्दै आएको पानस फर्मास्युटिकल्सले यसअघि नै सूचीकृत हुने प्रक्रिया सुरु गरिसकेको छ। सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको पानसले सामाजिक सुरक्षा कोषमा निवेदन समेत दिइसकेको जनाएको छ। कोषमा सहभागी नहुने रोजगारदाताबिरुद्ध श्रमिकले कोषमा उजुरी दिन सक्ने प्रावधान भएको सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले बताए। उनले उजुरीका आधारमा छानविन गरेर त्यस्ता रोजगारदातामाथि कारवाही गर्न सक्ने व्यवस्था भएको बताए। 

    कार्यक्रम सुरुवाती चरणमै भएकाले अहिले नै कारवाही वा सजाय जस्ता विषयलाई प्राथमिकतामा नराखिएको उनले बताए। कोषका कार्यकारी निर्देशक अधिकारीले बिहीबार नेपालगन्जमा आयोजना गरेको अन्तरक्रियामा श्रमिक मात्र नभई रोजगारदाता सबैको हित हुने गरी ल्याइएको कार्यक्रम सफल पार्नमै अहिले केन्द्रीत रहेको बताए। उनले अहिले सबै रोजगारदातालाई सूचीकृत हुन आग्रह गरे। ‘सूचीकत हुने क्रममा आएका समस्या छन् भने हामीलाई जानकारी गराउनुहोस्। हामी सकेसम्मको सहयोग गर्न तयार छौँ’, अधिकारीले भने। 

    तैपनि सूचीकृत नहुने रोजगारदातालाई श्रमिकले उजुरी दिएको खण्डमा कारवाही हुने व्यवस्था रहेको उनले बताए। २०७५ मंसिर ११ गतेबाट सुरु भएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हालसम्म ८४० वटा रोजगारदाता सूचीकृत भएको कोषले जनाएको छ। रोजगारदाता अनलाइनको माध्यमबाट सूचीकृत हुन सक्ने छन्।

    रोजगारदाता सूचीकृत भएको तीन महिनापछि रोजगारदाताकै प्रमाणपत्रका आधारमा श्रमिक कार्यक्रममा सहभागी हुन पाउने अधिकारीले बताए। छलफलमा नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगर, प्रमुख जिल्ला अधिकारी मदन भुजेल, रोजगारदाता उद्योगीहरु प्रदिप छाजेड, पानस फर्मास्युटिक्सका प्रमुम माधव अधिकारी, नेपालगन्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा.सुरेशकुमार कनोडिया, शिखर प्लाईउडका प्रमुख प्रदिप छाजेड लगायतको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]