|

दाङ : प्रदेश ५ का प्रदेससभा सदस्य उत्तरकुमार वली चढेको गाडी र यात्रुबहाक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सांसद वलीसहित १६ जना घाइते भएका छन्।

दुर्घटना हुँदा बसमा सवार रुकुम मुसिकोट २ की रमिता शर्मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। बुटवलबाट गृह जिल्ला आउँदै गरेका दाङ क्षेत्र ३ को प्रदेससभा २ बाट निर्वाचित सांसद वली सवार गाडी र घोराहीबाट लमही जाँदै गरेको गाडी एकआपसमा ठोक्किँदा प्रदेशसभा सदस्य वली गम्भीर घाइते भएका छन्।

घोराहीबाट लमही जाँदै गरेको ना ५ ख ५५२९ नम्बरको यात्रुबहाक बस र वली सवार बा १८ च ६८३६ नम्बरको कार एकआपसमा ठोकिँदा वलीको टाउँको र खुट्टामा गम्भीर चोट लागेको दाङ प्रहरीले जनाएको छ। गम्भीर घाइते वलीलाई फ्लोरेन्स अस्पताल लमहीमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ।

सांसद वलीको गाडीमा सवार अर्का एक जना पनि घाइते भएका छन् भने बसमा सवार १५ जनामध्ये एक जनाको मृत्यु भएको र अन्य १४ जना घाइते भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.