|

ओखलढंगा : ओखलढुंगामा एक महिलाले आफ्नै ससुराको हत्या गरेकी छन्। जिल्लाकोे सिद्धिचरण नगरपालिका – ४ रुम्जाटारकी तारादेवी गुरुङले करीब ७० वर्षका आफ्ना ससुरा रामचन्द्र गुरुङको हत्या गरेकी हुन्।

आपसी घरायसी विवादका क्रममा मादक पदार्थ सेवन गरेकी बुहारी तारादेवीले आगो फुक्ने फलामको ढुंग्रीले ससुरालाई हिर्काउदा घटनास्थलमा नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

आफ्ना छोराहरुलाई अंशवण्डा गरिदिएपछि मृतक गुरुङ कान्छो छोरा–बुहारीसँगै बस्दै आएका थिए। छिमेकीका अनुसार जेठो छोरा छुट्टिएपछि कान्छा छोरा बैदेशिक रोजगारका क्रममा खाडीमुलुक गएका र अंश बण्डाका क्रममा जेठा छोरालाई मात्रै बढि सम्पत्ती दिएको भन्दै कान्छी बुहारीले पटक पटक ससुरासग झगडा गर्दै आएकी थिइन।

बुहारी तारादेवीले बुधबारदेखी नै मदिरा सेवन गरि ससुरासग अंशबण्डा कै विषयमा झगडा गरिरहेको र विहिबार विहान पनि मदिरा सेवन गरि ससुरासँग झगडा गरेको छिमेकीहरुको भनाइ छ। बुहारी मातेर झगडा गर्न थालेपछि मृतक गुरुङ भने बुहारीलाई गाली गर्दै घर बाहिर निस्केका थिए। घरवाट निस्केर बारीमा पुगेका मृतक गुरुङलाई बुहारीले पछाडीवाट दौडदै आएर आगो फुक्ने ढुंग्रीले कञ्चटमा प्रहार गरेकी थिइन। ढुंग्रीको प्रहारवाट भुईमा ढलेका गुरुङको घटनास्थलमा नै मृत्यु भएको हो।

हत्याको आरोपी तारादेवीलाई मदिराले लठ्ठ भएको अवस्थामा नै प्रहरीले नियन्त्रणमा लिएको छ। मृतक गुरुङको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटारमा पठाइएको र हत्या आरोपी बुहारी तारादेवीलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान थालिएको छ ओखलढुंगा प्रहरीले जनाएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.