|

सुनसरी : राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार पूर्व आउने कार्यक्रम छ। शुक्रबार र शनिबार सुनसरी र मोरङका विभिन्न कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी आज मध्याह्न सवा १२ बजे मोरङको कानेपोखरी पुग्नेछिन्।

कानेपोखरी ६ स्थित जनसेवा माविको स्वर्ण महोत्सवमा सहभागि हुने कार्यक्रम छ। यसैगरी राधिका माध्यमिक विद्यालयका स्वर्ण महोत्सव उद्घाटन गर्न उनी मोरङकै उर्लाबारी– ६ जाने प्रदेश १ टाफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ। 

ती कार्यक्रममा राष्ट्रपति भण्डारीका साथै प्रदेश १ का मुख्यमन्त्री शेरधन राई लगायत सहभागी हुनेछन्। राष्ट्रपति आउने भएपछि पूर्वी मोरङको सुरक्षा व्यवस्था कडा बनाइएको छ। राष्ट्रपति भण्डारीले शनिबार दिउँसो १ बजे सुनसरीको बराहक्षेत्र चतरामा श्रीरामतारक व्रहम्म महायज्ञको उद्घाटन गर्ने कार्यक्रम छ।

शनिबार नै बिहान १० बजे कोशी टप्पु वन्यजन्तु आरक्षमा हुने एक कार्यक्रममा पनि राष्ट्रपति भण्डारी सहभागी हुने कार्यक्रम तय भएको छ। भण्डारी शुक्रबार राति पूर्वी पृतना मुख्यालय इटहरीमा बस्ने जानकारी दिइएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.