|

पाँचथर : मासुको स्वच्छता र सफाइसँगै कानुनी प्रक्रिया पूरा गरेर व्यवसाय गर्न स्थानीय प्रशासनले बारम्बार सुझाव दिएपनि पाँचथरको फिदिमका मासु व्यवसायीहरूले अटेर गर्दै आएको पाइएको छ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पटक पटकको अनुगमनको क्रममा पशु बध गर्ने ठाउँ सफा राख्दै मूल्य सूची राखेर स्वच्छ मासु बिक्री गर्न र व्यवसाय दर्ता गर्न भनिए पनि व्यवसायीहरूले अटेर गर्दै आएका हुन्।  सहायक प्रमुख जिल्ला अधिकारी दिलनाथ लम्सालसँगै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डाक्टर इन्द्रनारायण शाह सम्मिलित टोलीले गरेको अनुगमनको क्रममा फिदिमका अधिकांश मासु व्यवसायीलाई पुरानै सुझावसहितको ‘चिट’ दिएको छ।

अब पनि नसुध्रिए कानुनअनुसार कारबाही पनि गर्ने चेतावनी अनुगमन टोलीले दिएको छ। ‘व्यवसाय नगर्न भनेका होइनौँ। कानुनी प्रक्रिया पूरा गरेर स्वच्छ र सफा मासु बेच्नुहोस’ भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रका प्रमुख शाहले मासु व्यवसायीहरूलाई भनेका छन्। उनले व्यवसाय गर्दै गर्दा व्यवसायीहरूले  उपभोक्ताको स्वास्थ्यलाई ख्याल पनि गर्नु पर्ने बताए। अनुगमन टोलीसँग केही मासु व्यवसायीहरूले भने पहिले भन्दा मासु काट्ने ठाउँ निक्कै सफा र सुग्गर राखेको जिकिर पनि गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.