|

डडेल्धुराः डडेल्धुराका फरक–फरक स्थानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। अरु चार घाइते भएका छन्।

मृत्यु हुनेमा भागेश्वर गाउँपालिका–५ सलेताका दशरथ नाथकी २० वर्षीया छोरी सरस्वती नाथ र बझाङको दुर्गाथली गाउँपालिका–७ का ४८ वर्षीय गोगन दौल्याल रहेका छन्। 

शुक्रबार विहान सुतिरहेको बेला चट्याङ लागेर सरस्वतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। 

यस्तै अमरगढी नगरपालिका–३ रजोडामा रहेको राजपुर सामुदायिक वन उपभोक्ता समूहको भवनमा सुतिरहेका मजदुर बझाङका गोगन दौल्यालको पनि बिहान ४ बजेतिर चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो।

चट्याङ लागेर सरस्वतीका दुई बहिनी र दुई भाइ घाइते भएका छन्। घाइते हुनेमा १५ वर्षीय देवेन्द्र नाथ, ८ वर्षीय खगेन्द्र नाथ, १४ वर्षीया कल्पना नाथ र १२ वर्षीया शान्ति नाथ रहेका छन्।

उपचारका लागि घाइते चारैजनालाई उपक्षेत्रीय अस्पताल डडेल्धुरा ल्याउने तयारी भइरहेको डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए। घाइतेहरुको अवस्था समान्य छ। चट्याङ लगेर दशरथ नाथका एक दुहुनो गाई र एक हल गोरु समेत मरेका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.