|

काठमाडौं : उपत्यकामा बिहानैदेखि मेघ गर्जनसहित पानी पर्‍यो। यसैगरी, देशका अधिकांश स्थानको आकाश धुम्मिएको छ। धेरै ठाउँमा मौसम बदली भएर पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मेघ गर्जनसहित सामान्य वर्षा हुने र केही ठाउँमा मध्यम खालको वर्षा हुने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले बताइन्। कतिपय ठाउँमा चट्याङ, असिना पानी र हावहुरीको समेत सम्भावना रहेकाले अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन उनको आग्रह छ।

फोटोमा हेरौँ वर्षापछि देखिएको शीतको थोपा :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.