|

धनगढी : धनगढी प्रिमियर लिग क्रिकेट डिपिएलको ट्रफी सार्वजनिक गरिएको छ। प्रतियोगिताका सद्भावना दूत जोन्टी रोड्स र धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले संयुक्त रूपमा प्रतियोगिताको ट्रफी सार्वजनीक गरेका हुन्। शनिवारबाट सुरु हुने प्रतियोगिता फागुन ११ गतेसम्म चल्नेछ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसी)बाट मान्यता प्राप्त प्रतियोगितामा धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर यूनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहनेछ। उपाधि विजेताले ३० लाख रुपैयाँ हात पार्नेछ। प्रतियोगीताको उद्घाटन खेलमा भोलि करन केसी रणनीतिक खेलाडी रहेको विराटनगर किंग्स र सोमपाल कामीको धनगढी स्टार्सबीच प्रतिस्पर्धा हुनेछ।

यद्यपि उद्घाटन खेल स्थगित हुने सम्भावन रहेको छ। लगातारको बर्षाका कारण विराटनगर किंग्स र रुपन्देही च्यालेन्जर्सबीचको उद्घाटन खेल स्थगित हुनसक्ने आयोजकले जनाएको छ। प्रतियोगीताको उपबिजेताले १२ लाख रुपैयाँ हात पार्नेछ। यस्तै, तेस्रो हुनेले ४ लाख र चौथो हुने टोलीले २ लाख नगद पुरस्कार पाउनेछन्।

प्रतियोगिताको गोल्डस्टार मोस्ट भ्यालुएबल प्लेयरले (सुनको जुत्ता), प्रत्येक खेलका म्यान अफ द म्याचलाई १५ हजार, म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत पुरस्कारको व्यवस्था गरिने आयोजकले जनाएको छ। टी –२० को आधारमा हुने प्रतियोगिताको लिग चरणमा प्रत्येक टिमले एकआपसमा एक–एक खेल खेल्नेछन्। शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन्।

त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ। त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.