पोखरा विमानस्थलदेखि बूढीगण्डकीसम्म प्राथमिकतामा

|

पोखरा : नेपाल सरकारले सुरु गर्न लागेको १५ औँ पञ्चवर्षीय योजनाको विषयमा प्रदेशस्तरीय छलफल पोखरामा सुउपप्रमुखहरूको सहभागिता छ। छलफलमा आधारपत्र प्रस्तुत गर्दै योजना आयोगका सहसचिव विजुकुमार श्रेष्ठले सन् २०२२ सम्म विकासोन्मुख देशमा स्तरोन्नति गर्ने देखि सन् २०३० भन्दा अगाडि नै विकास लक्ष्य हासिल गरी मध्यम आय भएको देशमा पुग्ने योजना सुनाए। त्यस्तै उनले सन् २०४३ मा समुन्नत राष्ट्रको स्तरमा पुर्‍याउने प्रतिवद्धतालाई आधाकारले कस्ता योजनालाई पञ्चवर्षीय योजनामा राख्ने भन्ने विषयमा छलफलको आयोजना गरिएको हो। छलफलमा राष्ट्रिय योजना आयोग र नीति तथा योजना आयोग गण्डकी प्रदेशले तयार पारेको आधारपत्रमा छलफल सुरु गरिएको छ।

छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेल, प्रदेशका मुख्मन्त्री पृथ्वी सुब्बा गुरुङ, सभामुख, उपसभामुख, प्रदेशका मन्त्रीहरू,गण्डकी प्रदेश भित्रका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको सहभागिता छ। छलफलमा आधारपत्र प्रस्तुत गर्दै योजना आयोगका सहसचिव विजुकुमार श्रेष्ठले सन् २०२२ सम्म विकासोन्मुख देशमा स्तरोन्नति गर्ने देखि सन् २०३० भन्दा अगाडि नै विकास लक्ष्य हासिल गरी मध्यम आय भएको देशमा पुग्ने योजना सुनाए। त्यस्तै उनले सन् २०४३ मा समुन्नत राष्ट्रको स्तरमा पुर्‍याउने प्रतिवद्धतालाई आधार मानेर योजना तर्जुमा गर्न सबैलाई सुझाव दिए। 

१२ हजार ५०० अमेरिकी डलर प्रतिब्यक्ति आय बनाउने

छलफलमा अहिले भएको नेपालीको प्रतिब्यक्ति आयलाई बृद्धि गरी सन् २१०० सम्म १२ हजार ५०० अमेरिकी डलर पुर्‍याउने गरि योजना बनाउन छलफल गरिने श्रेष्ठले बताए। नेपालीको अहिलेको प्रतिब्यत्ति आए १००४ अमेरिकी डलर छ। राष्ट्रिय आयोगको रणनीतिक योजना र प्रदेशको विकासका प्राथमिकता तथा लक्ष्य र योजनामाथि छलफल हुने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष कडेँलले बताए। उनको अनुसार राष्ट्रिय योजना आयोगले प्रस्तुत गर्ने आधारपत्रमा प्रदेशका प्राथमिकतामा रहन सक्ने योजनाहरु पनि समेटिनेछन्। 

गण्डकी प्रदेशको आधार पत्रमा प्रतिब्यक्ति आय बढाउनेदेखि ठूला योजना रुपान्तरणसम्म 

गण्डकी प्रदेशको नीति तथा पञ्चवर्षीय योजना आयोगको संक्षिप्त मस्यौदाको खाका प्रस्तुत गर्दै प्रदेशका नीति तथा योजना आयोगका डा.गिरिधारी शर्मा पौडेलले प्रतिब्यक्ति आय बढाउने देखि प्रदेशका ठुला आयोजना रुपान्तरण गर्ने सम्मका योजना प्रस्तुत गरे। शर्माले प्रस्तुत गरेको आधारपत्रका अनुसार गण्डकी प्रदेशले अबको पाँच वर्षमा प्रतिव्यक्ति आय १९ सय ३५ अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखेको छ। त्यस्तै २०८७ सम्म तीन हजार पाँचस १९ अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखेको उनले प्रस्तुती दिए। 

लाखौँ पर्यटक भित्र्याउने लक्ष्य 

गण्डकी प्रदेशले पञ्च वर्षीय योजनामा सन् २०२२ सम्म २० लाख पर्यटक भित्र्याउने र स्थानीय उत्पादनाई पर्यटन ब्यवसायसँग जोड्ने समेटिएको थियो। त्यस्तै सन् २०२२ सम्म २० लाख भित्र्याउने लक्ष्य राखेको सरकारले सन् २०३० सम्म ३४ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। शुक्रबार सुरु भएको छलफलमा उक्त तथ्यांक अनुसारको पर्यटक भित्र्याउन कस्ता योजना बनाउने भन्नेबारे सबैपक्षसँग छलफल हुने शर्माले बताए।  

पोखरा विमानस्थलदेखि बूढी गण्डकी आयोजनासम्मका योजना 

त्यस्तै प्रदेश सरकारले ठुला रणनीतिक योजनाहरूलाई सफल बनाउन कुन क्षेत्रले के योगदान गर्ने भन्ने विषयमा पनि छलफल हुनेछ। यसमा पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलदेखि बूढी गण्डकी जलाशययुक्त आयोजनासम्म रहेका छन्। कोरला–पोखरा–त्रिवेणीराजमार्ग, सेती जलविद्युत आयोजना, मालढुंगा–मिर्मी–गैंडाकोट कालीगण्डकी करिडोर पनि रणनीतिक योजनामा रहेका छन्। त्यस्तै पृथ्वीराजमार्गको पोखरा–मुग्लीन सडकखण्ड, सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा–बुटवल खण्डलाई चार लेनमा बिस्तार गर्ने, पोखरा–दुम्किबास द्रूतमार्ग, गण्डकी नवलपुर डाइभर्सन सिंचाइ आयोजना,अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र, अन्तराष्ट्रियस्तरको प्रदेश रंगशाला पाँच वर्षमै निर्माण गरिसक्ने प्रदेश सरकारको योजना रहेको शर्माले प्रस्तुत गरे।

सरकारले प्रदेश विश्वविद्यालय, गण्डकी प्राविधिक प्रतिष्ठान, बुढीगण्डकी जलविद्युत आयोजना, कृषि प्रशोधन उद्योग, वीरेठाँटी–मुक्तिनाथ केबलकार, विशिष्टीकृत सेवासहितको महिला तथा बाल अस्पताल, मुटु, मृर्गौला र अर्बुद रोग अस्पताल, एक हजार बेडको प्रदेश अस्पताल, बहुसांस्कृतिक गाउँ, पोखरा रिङरोड, गण्डकी, मर्स्र्याङ्दी र बुढीगण्डकी करिडोरमा विद्युत प्रशारण लाइन र प्रदेश औद्योगिक क्षेत्र स्थापना गर्ने प्रदेशको योजनालाई राष्ट्रिय योजना आयोगले प्राथमिकता दिनुपर्ने प्रदेश सरकारको माग छ। दुई दिने छलफलमा शुक्रबार स्थानीय र प्रदेश सरकारसँग छलफल सकेर शनिबार निजी क्षेत्र, गैरसरकारी संस्थालगायत विभिन्न क्षेत्रसँग छलफल हुनेछ। 

प्रदेश समृद्धिको सात खम्बा 

आधारपत्रमा गण्डकी प्रदेशदे समृद्धिका सात खम्बाहरू समेत प्रस्तुत गरको छ। पर्यटन, ऊर्जा, कृषि, उद्योग, पूर्वाधार, मानव संसाधन र सुशासनलाई गण्डकी सरकारले आफ्नो समृद्धिको खम्बाको रुपमा अघि सारेको छ। त्यस्तै निर्वाहमुखीकरण कृषिबाट यान्त्रीकरण र ब्यवसायिक बनाउने, पर्यटन ब्यवसायलाई स्थानीय उत्पादनसँग जोड्ने, उत्पादन र उत्पादकत्व बृद्धि गर्दै समाजवाद उन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने योजना गण्डकी सरकारको छ। 

पर्यटन, ऊर्जा, कृषि, उद्योग, पुर्वाधार र मानव संसाधन क्षेत्रको पूर्ण विकास तथा दीगो समतामुलक र फराकिलो उत्च आर्थिक बृद्धि हासिल गरी प्रदेश समृद्धिको आधारशिला निर्माण गर्ने योजना पनि गण्डकी सरकारले राखेको छ। गुणस्तरीय स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाई, वातावरण, सामाजिक समता, सुरक्षा र सुशासनको अनुभूति सबै नागरिकलाई गराउने, भौतिक संरचनाको निर्माण निर्धारित समय, लागतमा सम्पन्न भई वस्तुको उत्पादन र ढुवानी लागत घट्ने र आर्थिक क्षेत्रमा प्रदेशको प्रतिस्पर्धी क्षमता बृद्धि हुने अपेक्षित उपलब्धिमा समेटिएको छ पञ्च वर्षीय योजनामा।

बजारमा उच्च माग भएका प्राविधिक तथा ब्यवसायी शिक्षा र तालिमको विस्तार भई शिक्षा र उत्पादनबीचको सम्बन्ध भएको हुने, स्वास्थ्य संस्थाको ब्यवस्थापन प्रणाली सुदृढ भई आधारभूत र विशिष्टीकृत सेवा प्रभावकारी रुपमा तोकिएका स्वास्थ्य संस्थाहरूमा उपलब्ध भएको, प्रदेश मातहतका सबै कार्य इकाइहरू आफ्नो काममा पारदर्शी र सेवाग्राहीका आवश्यकता प्रति संवेदनशिल र उत्तरदायी भएको सपना समेट राखिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.