|

काठमाडौं :  भीमफेदी गाइज अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘नहेर त्यसरी मैच्याङ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो। मनाङको माइनस १३ डिग्री चिसोमा छायांकन गरिएको गीतमा पूर्वजन्म र पुनर्जन्मको प्रेमलाई देखाइएको छ।  

लामो समयदेखि नेपाली गीतसंगीतमा लागि परेका गायक, संगीतकार तथा गीतकार ईश्वर मगियाको को गीतमा भीमफेदी गाइजको कोरियोग्राफी तथा निर्मल लामाको निर्देशन रहेको छ। गायक मगिया एक संगीत शीक्षक पनि हुन्। 

मायामा असफल पात्रले आफ्नो माया प्राप्तिको लागि गर्ने गलत कार्यले निम्त्याएको दुर्घटनालाई देखाइएको छ। गीतको भिडियोमा भीमफेदी गाइजका निर्मल लामा भिलेनको रूपमा प्रस्तुत भएका छन्। गीतमा भिलेन किन बन्नुभएको भन्ने प्रश्नमा निर्मल भन्छन्, ‘भिलेन जस्तो म मात्रै थिएँ त। ग्रुपमा मेरो अनुहार भिलेनको जस्तो छैन त? ’

आफूहरुले यस गीतको लागि कडा मिहिनेतका साथ काम गरेको उनले बताए। मनाङको माइनस १३ डिग्री चिसोमा २ दिन लगाएर खिचिएको गीतमा यसपटक आफूहरूले पूर्वजन्म र पुनर्जन्मको प्रेमलाई देखाउन खोजिएको बताए। सार्वजनिक सेलो शैलीको स्याड भर्सनको गीतमा भीमफेदी गाइजको साथमा निर्जली लामाको अभिनय रहेको छ। 

भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.