समाज

रोकिएन सेतोचिनी अवैध निकासी
SHARES

माघ २५, २०७५

    जाजरकोट : वातावरणीय मूल्यांकन नगरी संकलन गरिएको सेतोचिनी निकासी समेत अवैध तरिकाले भएको पाइएको छ। जिल्लाका विभिन्न पाटनबाट वातावरणी प्रभाव मूल्यांकन नगरी जथाभावी संकलित सेतोचिनी (खिरौलो) अवैध तरिकाले निकासी हुने क्रम नरोकएको हो।

    वन उपभोक्ता समितिले ठेकेदारको नाममा उजुरी दिएपछि डिभिजन वन कार्यालयबाट सिफारिस दिने काम रोकिएको छ। आवश्यक छानविनपछि मात्र कारबाही अगाडि बढ्ने डिभिजन बनले जनायाे। अवैध तरिकाले चोरीको बाटो बाटो प्रयोग गरी सेतोचिनी निकासी हुँदा यहाँको लाखैको राजस्व गुमेको छ। कतिपयले छिमेकी जिल्लाबाट पुर्जी लिएर निकासी  गरेको एक ब्यापारीले बताए। कार्यालयको लापरवाही र ढिलासुस्तीले समयमै वातावरणीय प्रभाव मूल्यांकन नगरी बारेकोट गाउँपालिकाको मिलेपत्तोमा सेतोचिनी संकलन गर्न दिएपछि यस्तो समस्य आएको हो। 

    केही समयअघि वन डिभिजन कार्यालयले सम्बन्धित वन क्षेत्रको प्रारम्भिक वातावरणीय परीक्षण गरेका कारण ५०० क्विन्टलको मात्र छुट पुर्जी दिने अनुमति पाएपछि सानो मात्रामा चलानी पुर्जी दिएको छ। करिब २०० ठेकेदारले ६ लाख किलो छुट पुर्जीको माग गर्दै निवेदन दिए पनि डिभिजन बनको नम्स भन्दा बाहिर चलानी पुर्जी मागेपछि चलानी पुर्जी रोकिएको हो। अहिले  कार्यालयले प्रतिठेकेदार ३०० किलोसम्म मात्र छुट पुर्जी दिएको छ।

    मागको तुलनामा निकै कम परिमाणको पुर्जी पाएपछि व्यवसायीले चोरबाटो प्रयोग गरी सेतोचिनी निकासी गरेका छन्। केही व्यावसायीले अहिलेसम्म बारेकोटको पाटनमै सेतोनिची राखेर जुम्लाको सिमाना हुँदै अवैध रुपमा निकासी गरिरहेको स्थानीय तीर्थराज बोहोराले बताए। असोजदेखि मंसिर पहिलो सातासम्म जिल्लाको बारेकोट गाउँपालिकाका विभिन्न पाटनमा बहुमूल्य सेतोचिनी (खिरौलो) संकलित गरिएको थियो।

    जमिनमुनि सखरखण्डजस्तो गरी फलेका दाना खनेर निकाल्ने र निकालिसकेपछि पकाएर सुकाएर तयार पारेको सयौं क्विन्टल सेतोचिनी बारेकोट, थलहबजार, कालिमाटी, रिम्ना, पाँचकाटिया, तल्लुबगरलगायतका स्थानमा अवैध रुपमा निकासी गर्नका लागि राखिएका छन्। वन कार्ययोजना स्वीकृति नभएका कारण सेतोचिनीलगायत जडीबुटीको निकासी पुर्जी दिन नसकिएको डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख मन्जुर अहमदले बताए। एक्सन फर इन्जिनियरिङ सोलुसनले जाजरकोटमा वनको वातावरणीय प्रभाव मूल्यांकनको जिम्मा लिएकोे थियो। तर, समयमा उक्त कार्य नगर्दा समस्या देखिएको डिभिजन वन प्रमुख अहमदले बताए।

    डिभिजन वन कार्यालयले गरेको अध्ययन प्रतिवेदनमा प्रत्येक वर्ष जाजरकोटमा १७ लाख ६५ हजार ५५३ किलो जडीबुटी संकलन गर्न सकिने उल्लेख छ। तर, गत आर्थिक वर्षमा दुईलाख ६९ हजार ७४३ किलो विभिन्न प्रजातिका जडीबुटी निकासी गरी १९ लाख ६७ हजार मात्र राजस्व संकलन भएको जनाएको छ। कतिपय जडीबुटी संकलन नै नभई जंगलमा खेर जाने गरेका छन् भने संकलितमध्ये पनि धेरैजसो चोरी–निकासी हुने गरेको छ। प्रतिकेजी निकासी पुर्जी दिएबापत १५ रुपैयाँ राजस्व लिने गरिएको छ। 

    सेतोचिनी संकलन गर्दा वन फडानी 

    बारेकोटका सामुदायिक वन समुहले दिएको उजुरीमाथि कुनै कारवाही नभएको भन्दै समूहहरूआक्रोशित भएका छन्। जथाभावी संकलन गरिएको र चोरबाटो जडीवुटी निकासी गर्नेमाथि कारवाहीको माग गरिएको छ। तर यता वन डिभिजन कार्यालय जाजरकोटले अनुसन्धान भइरहेको भन्दै ढाँटीरहेको स्थानीय तीर्थराज बोहोराले बताए। सेतोनिची संकलन गर्दा ठेकेदारको मिलेमत्तोमा भारी मात्रामा वन जंगल फडानी भएको वन समूहको आरोप छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]