|

काठमाडौं : आमाको नामबाट नागरिकता पाउने अधिकार सुनिश्चित गर्न सरकारसँग माग गर्दै शुक्रबार काठमाडौंमा प्रदर्शन गरिएको छ।

महिला अधिकारकर्मीले आमाको नामबाट नागरिकता पाउने संवैधानिक अधिकार सुनिश्चित गर्न सरकारसँग माग गर्दै काठमाडौंको माइतीघर मण्डेलादेखि नयाँ बानेश्वरसम्म र्‍यालीसहितको प्रर्दशन गरेका हुन्। त्यस अवसरमा उनीहरूले आमाको कोखबाट जन्मिए पनि नागरिकता दिने व्यवस्था अझै सुनिश्चित गर्न नसकेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए।

महिला अधिकारको क्षेत्रमा कार्यरत संघ, संस्थाहरू सहभागी भएको सो विरोध प्रदर्शनमा नागरिकतामा समान अधिकार दिलाउन पनि आमाको नाममा नागरिकता पाउने व्यवस्था गर्न ढिलाई नगर्न भन्दै सरकारलाई दवाव दिइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.