|

दाङ : दाङमा भएको सवारी दुर्घटनामा परी घाइते भएका प्रदेश ५ सांसद उत्तरकुमार वलीलाई थप उपचारका लागि कोहलपुरबाट हेलिकाेप्टरमार्फत काठमाडौं लगिएको छ।

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भेन्टिलेटरमा राखेर उपचार भइरहेका बेला त्यहाँ सम्भव नहुने भएपछि थप उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पतालमा शुक्रबार हेलिकाेप्टरमार्फत काठमाडौं लगिएको सांसद वलीका स्वकीय सचिव यमन शाहले बताए।

सांसद वलीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भए पनि खतरामुक्त भने भइनसकेको चिकित्सकले बताएका छन्। तुलसीपुरबाट बीरगञ्जतर्फ जाँदै गरेको ना ५ ख ५५२९ नम्बरको यात्रुबहाक बस र बुटवलबाट तुलसीपुरतर्फ आउँदै गरेको सांसद वली चढेको बा १८ च ६८३६ नम्बरको कार बिहीबार पौने पाँच बजेतिर घोराही लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका ३ चिसापानीनजिकै ठोक्किँदा दुर्घटना भएको थियो। साथै दुर्घटनामा परी रुकुम साबिक खलंगा २ मुसिकोटकी २६ वर्षीय रमिता शर्माको बसले च्यापिएर मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.