|

ललितपुर : विद्यालयविरुद्ध आन्दोलन गर्ने शिक्षकलाई हटाउन पूर्वछात्रा प्रयोग गरी ‘मि टु’मार्फत शिक्षकले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएका छन्।

नेपाल समाचारपत्र दैनिकमा समाचार छ, करिब १५ वर्षअघि ललितपुरको लगनखेलस्थित ललितपुर माध्यमिक विद्यालयमा अध्ययन गरेका पूर्वछात्राले मिटुमार्फत शिक्षकले यौन दुर्व्यवहार गरेको उल्लेख गर्दै ह्यास ट्याग गरेका थिए। लगत्तै विद्यालयले करिब १५ वर्ष अध्यापनरत एक शिक्षकलाई निलम्बन गरिसकेको छ।

डेढ महिनादेखि अमेरिका बस्दै आएका विद्यालयका प्रधानाध्यापक माधव सिटौलाले सहायक प्रअ रहेकी आफ्नी बहिनी गीता सिटौलालाई प्रअ बनाउन प्रपञ्च गर्दै मिटुमार्फत पूर्वविद्यार्थी प्रयोग गर्दै पुराना शिक्षक हटाउन थालेपछि सो विद्यालयमा तनाव बढेको हो ।

गएको चैत २४ गतेदेखि विद्यालयकी सहायक प्रअ सिटौलालाई हटाउनुपर्नेलगायतको माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षकलाई हटाउन मिटुमा उल्लेख भएका विषयलाई हवाला दिँदै शिक्षकलाई यौन दुर्व्यवहार गरेको आरोप लगाउन थालिएको निलम्बित शिक्षकको आरोप छ ।

करिब दुई साता अघि निलम्वनमा परेका शिक्षक बोधराज त्रिपाठीले विद्यालय प्रशासनको मिलोमतोमा मिटुमार्फत पूर्वविद्यार्थी प्रयोग गरी आफूलाई निलम्बन गरेको आरोप लगाए।

‘मैले कुनै पनि विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको भए १५ वर्ष अघि किन म माथि कारबाही भएन र?’ –उनले प्रश्न गरे। पूर्वछात्रा रचना दाहाल, रोशा पोखरेललगायत मिटुमार्फत आफूमाथि ती शिक्षकले यौन दुर्व्यवहार गरेको उल्लेख आरोप लगाएका थिए ।

पूर्वविद्यार्थी रचनाले शिक्षक त्रिपाठीलाई आरोप लगाएपछि विद्यालय प्रशासनले त्रिपाठीलाई निलम्बन गरेको थियो । करिब चार दिनअघि अमेरिकामा रहेकी पूर्वविद्यार्थी रोशा पोखरेललगायतले सो विद्यालयमा नेपाली शिक्षक सुमन्तबहादुर खत्री र गोकुल शर्मामाथि पनि त्यस्तै आरोप लगाउदै मिटु मा ह्यास ट्याग गरेकी थिइन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.