|

ब्राजिलको अत्यधिक लोकप्रिय फुटबल क्लब फ्लामेङ्गो फुटबल क्लबको टे«निङ सेन्टरको छात्रावासमा आगलागी हुँदा १० खेलाडीको मृत्यु भएको छ। आगलागीमा परी तीन जना घाइते भएको जनाइएको छ। 

क्लबको कार्यालयमा शुक्रबार आगलागी भएको थियो। आगलागीमा परेर खेलाडीहरुको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। 

मृत्यु हुनेमा १४ देखि १७ वर्ष उमेर समूहका खेलाडी रहेका छन्। उनीहरू क्लबमा खेलको अभ्यास गरिरहेका बेला आगलागी भएको स्थानीय टीभी ग्लोबोले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.